Wednesday, November 4, 2026

जुम्लाको तातोपानी गाउँपालिका – ६ का ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगीको लडेर मृत्यु भएको छ । तातोपानी गाउँपालिका– ४ बाँबिरा टाँपुमा मृतक डाँगीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिले जानकारी दिनुभयो ।

उहाँले, सडकबाट लडेर मृत्यु भएको प्रराम्भिक जानकारी प्राप्त भएको र थप पोष्र्टमाटमपछि मात्रै थाँहा हुने उहाँको भनाइ छ । प्रहरी प्रमुख कामतिले भनुभयो, त्यो स्थानमा यस पटक गरी तीन वटा घटना भईसकेको बताउनु भएको छ । सडक साँघुरो भएर हो या अन्य कुनै कारण हो । त्यो ठाउँमा नियमित घटना घटिरहेका छन् । सडक सुधार गर्नका लागि सडक डिभिजनलाइ भनेको तर सुधार नभएको उहाँको भनाइ छ ।