राम प्रकाश बिक जुम्ला । राजनीतिमा “पैसाले भोट किनिन्छ” भन्ने भाष्यलाई चुनौती दिँदै जुम्लाका दलित समुदाय र श्रमजीवी वर्गले अनौठो र उदाहरणीय पहल सुरु गरेका छन्। “दलितहरू पैसा खाएर भोट हाल्छन्” भन्ने सामाजिक लाञ्छनालाई मेटाउन यसपटक दलित मुक्ति मोर्चाले उल्टै उम्मेदवारलाई निर्वाचन खर्च जुटाएर सहयोग गरेको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

​दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष चन्द्रबहादुर नेपालीले एक विशेष कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई १ लाख २७ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। यो रकम कुनै ठूला व्यापारी वा ठेकेदारले दिएको नभई दलित बस्तीका आम नागरिकहरूले ५०, १००, ५०० र एक हजार गर्दै संकलन गरेको पसिनाको कमाइ हो।

​रकम हस्तान्तरण गर्दै अध्यक्ष नेपालीले भन्नुभयो:

​”हामीमाथि पैसा खाएर भोट हाल्छन् भन्ने जुन एउटा गलत ट्याग लागेको छ, त्यसलाई मेटाउन हामीले यो कदम चालेका हौँ। हामी भोट पनि दिन्छौँ र इमानदार उम्मेदवारलाई जिताउन आफ्नो गाँस कटाएर नोट पनि दिन्छौँ।”

 

​त्यसैगरी, अरूलाई गन्तव्यमा पुर्‍याउने तर आफ्नै जीवनको गन्तव्यका लागि संघर्ष गरिरहेका एक गाडी चालकले समेत आफ्नो तर्फबाट १२ हजार रुपैयाँ सहयोग स्वरूप उम्मेदवार भण्डारीलाई सुम्पेका छन्।

​सहयोग ग्रहण गर्दै भावुक बनेका उम्मेदवार नरेश भण्डारीले भन्नुभयो: ​”मेरा लागि यो १ लाख २७ हजार केवल पैसा होइन, यसमा १ लाख २७ हजार गुणा बढी विश्वास र माया छ। एक चालकले दिएको १२ हजार मेरा लागि १२ अर्ब समान छ। भ्रष्ट दलालहरूले कसैलाई साथ दिएका होलान्, तर यो देशको अस्तित्व बचाउने सच्चा श्रमजीवीहरू आज मेरो पक्षमा उभिनुभएको छ।”

 

​चुनावमा पैसा बाँड्ने होइन, पैसा दिएर नेता जिताउने नयाँ संस्कारको सुरुवात गर्ने हो दलित अगुवा चन्द्रबहादुर नेपालीले बताउनुभयो । मजदुर, चालक र विपन्न वर्गको स-सानो संकलनले ठूलो राजनीतिक सन्देश दिएको छ। दलाल पुँजीपतिहरूको लगानीलाई श्रमजीवीको पसिनाले चुनौती दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय