Friday, October 9, 2026

गुठिचौर गाँउपालिका वडा नम्वर २ को गुठिगाँउमा अपाङ्ग, एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले यो वर्ष पहिलो पटक एकल, महिला र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने विषयलाई प्राथमिकतामा राखेको हो। सोहि वडामा अपांग २४ जना, एकल महिला २६ जना र ८८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव नर वहादुर वुढाले जानकारि दिनुभयो । गुठिचौर–२ वडाका १सय ३८ जना ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई सिरक डसना वितरणसहित न्यानो सम्मान गरेको र ७० जनासम्म वाकि रहेको उहाँले बताउनुभयो । वडा कार्यालयले यो आर्थिक वर्षको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तरगत सम्मान गरेको वडा सचिव वुढाले वताउनुभयो ।

गुठिचौर गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष दिप वहदुर ऐडिले ‘सरकार हरेक दिनको आवश्यकता पुरा गरिदिन नसक्ला तर दुख र सुखमा साथ दिन सक्छ भन्ने विश्वास दिलाउन सम्मान गरिएको वताउनुभयो ।’ वडा अध्यक्ष ऐडिले नागरिकहरुलाई सहजै सेवा दिने उदेश्यले जवाफदेहिता, पारदर्शिता सहितको सेवा सञ्चालन भएको बताउनु भयो । उहाँले भनुभयो, आगामि दिनमा अपाङ्ग, एकल महिला र जेष्ठ नागरिकको सल्लाह सुझाव अनुसार अगाडि वढ्ने वताउनु भएको छ । जनताको नजिको सरकार वडा भएकोले सानो भएपनि सहयोग गरेको उहाँको भनाई छ ।

गुठिचौ गाँउपालिका २ कि सेतु वुढाले ‘सेतो कपडा देख्दा अलच्छिनि भनेर हेयको दृष्टीकोणले हेर्ने समाज परिवर्तन भएको वताउनु भयो । उहाँले भनुभयो, सरकारले गरेको सम्मानले मन खुशी भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भनुभयो, एकल महिला बापत प्राप्त हुने सामाजिक सुरक्षा भत्ताले घर परिवार संचालनका लागि सहज भएको बताउँनुभयो। एकल महिला र जेष्ठ नागरिकलाई सहयोगका साथै आत्मसम्मान आवश्यक भएको सेतु वुढाले बताउनु भयो। उहाँले अभिभावक भएको महसुस गराउन स्थानीय सरकारले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नु भयो ।

गुठिचौर २ का ७९ वर्षका जेष्ठ नागरिक सिंहविर वोहोराले गाँउपालिका भित्र नमुना वडाका रुपमा विकास भएको भन्दै, जेष्ठ नागरिकको सम्मान गरेर सबै नागरिकहरुको मन जित्न सफल भएको बताउनु भयो । उहाँर्ले हिउदा सिजन जुम्ला जिल्ला घाम लाग्छ्न मदुरा,मेरा हजुर मेरा सपना रैगया अधुरा” भन्ने गित भन्दै सपना पुरा भएको सुनाउनुभयो । उहाँले भनुभयो, हामी सवै खुशि छौ, असाय अपांग जेष्ठ नागरिक एकल महिलाको आशा पलाएको प्रतिक्रिया दिनुभयो। उहाँले जनता मेरुदण्ड भएकोले जनताको सेवामा अग्रसर हनुपर्नेमा जोड दिनुभयो।

गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले सरकार भनेको नागरिकको फाउदाका लागी जिवन रक्षाको लागी कटिवद्ध रहेको वताउनुभयो । उहाँले सरकार भनेको विश्वास भएको र नागरिकलाई संकटबाट वचाउनु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु हुदै, असहाय वृद्धहरूलाई राज्यले हेरचाह गर्ने कुरा स्मरण गर्नुभयो, उहाँले भनुभयो, बुद्धि र अनुभवलाईसमेत सम्मान गरेको भन्दै वडा परिवारलाई धन्यवाद दिनुभयो ।

गुठिचौर गाँउपालिका वडा नम्वर–२ का लाल वहादुर वोहोराले अपाङ्ग एकल महिला र जेष्ठ नागरिक यतिवेलको सुन्य डिग्रीको न्यानो सिरक डसनाको कम्लो बोकेर जान पाउदा गदगद भएको वताउनुभयो । उहाँले जेष्ठ नागरिकको सम्मानले स्थानीय सरकार नागरिकको घर दैलोको सरकार भएको पुष्टी बताउनु भयो। उहाँले दुर्गम र चिसो ठाँउमा यो कार्यक्रम प्रभावकारि भएको वताउदै, जेष्ठ नागरिकलाई स्वस्थ र तन्दुरुष्त वनाउने खालका कार्यक्रम आवश्यकता भएको उहाँको भनाई छ । अव वडाले जेष्ठ नागरिकका लागी आधुनिक चुलोको समस्या भएकोले, यसमा सरकारले बल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा सदस्यहरु, कर्मचारी सहभागिता रहेको थियो । अपाङ्ग, एकल महिला र जेष्ठ नागरिक सम्मानित हुदा उत्साहित थिए भने, आर्शिवादको भारि वडा परिवारलाई दिएका छन् ।