गाउँ घर तिर हुदा त्यस्तो खासै सांगितिक माहोल थियन। तर पनि दाइमा संगित प्रति झुकाव आसक्तता भने स्कुल पढ्दा देखि नै थियो। यसको बलियो प्रमाण दाइको डायरि हरुमा कुनै गितका पंति हरु असरल्ल भरियका देखिन्थे। कुनै सर्जकका सृजना का पंति हुन्थे भने कुनै आफैले सृजना गरेका टुक्का हरु। यसो त दाइको डायरि लेख्ने सामान्य आदत पहिल्यै देखि थियो। एक चोटि को कुरा हो दाइ जाजरकोट को रामि डाडा मेलामा  घरपरिवारको अनुमति बेघर हिड्नु भयको थियो। दाइ अलि जिद्दि स्वभाव को हुनुहुन्थ्यो। हुनुहुन्छ अहिले पनि। सायद यहि जिद्दि स्वभावले दाइलाइ यहाँ सम्मको यात्रामा ल्याइपुर्यायको भन्ने लाग्छ।

 

गुठीचौर गाउँपालिका ५ को सुचना

हाम्रो जस्तो समाजमा(समग्र नेपालि समाज)   आफ्नो सपनालाइ पछ्याउन जिद्दि स्वभाव त एक हतियार हो। जो कसैले आफ्नो सपनालाइ पछ्याउन सक्दैन। अ म कतै बाङ्गिय प्रसंग बश। म कहिलेकाँहि दाइको कोठामा प्रवेश गर्थे। उहाँले रामि डाडा मेला सम्म पुग्दा सम्मको यात्रा संघर्षको बर्णन लाइ यति सिलसिलेवार ढंगले लेख्नु भयको थियो रोचक थियो र मेरो बाल हृदयमा कताकता डर पनि उत्पन्न गरेको थियो। उहाँको एक्लो यात्रा डरलाग्दो नै थियो। यो प्रसंग बाट म के निश्कर्ष निकाल्न चाहन्छु भने मेला भन्ना बित्तिकै उहाँलाइ कति बेजोडले तानेको थियो जो कि एक्लै यात्रा गर्न पनि साहस गर्नु भयो। कता न कता उहाँ उतिबेला देखि रमाइलो संगित प्रति आशक्तता प्रकट गर्नु हुन्थ्यो भन्ने बलियो प्रमाण यो हो। लेखन उतिबेला देखि नै दाइको एक पाटो थियो। अलिकति अप्ठ्यारो अलिकति रोमाञ्चक अलिकति भावुकता मिसिन आइपुगेको छ लेख्दा लेख्दै। अ मैले एक पटक दाइले कसैलाइ लेखेको प्रेमिल पत्र पढेको थियो।(क्षमा पाउ दाइ गोप्य कुरा अध्ययन गरेकोमा) बिचमा प्रेमिल टुक्का पनि संलग्न भयको जस्तो पनि लाग्छ। धुमिल सम्झना छ मैले त्यो पत्र पढ्दा अचम्मको भाव जागृत भयको थियो।

दाइको बिधालय जिबनमा खासै साङ्गितिक गतिबिधिहरु जान्न पायन। जब बिधालय जिबन पछी सपनाको सहर काठमाडौ प्रवेश गर्नु भयो। सपनाको सहरमा उहाँले सपना देख्न थाल्नु भयछ। आफ्नो जिबन नै संगितमा लगाइदिने। संगितलाइ आफ्नो जिबनको अभिन्न अंग बनाउने। सायद उहाँले ठुलाठुला सपना हरु बुन्न थाल्नु भयो।

 

मेरो बिश्लेषणमा लाग्छ। उहाँमा त्यति बेला खोक्रो आत्मविश्वास भरियको थियो। जसको कुनै जग थियन। दुनिया जित्छु भन्ने लाग्थ्यो उत्प्रेरित पुस्तक अध्ययन को भरमा। बिकासानन्द को सफलता शास्त्र जस्ता पुस्तक ले उहाँको मनमा झन जोस थपिदियको हुनपर्छ। त्यसैले आफ्नो सपनाको पहाडलाइ पनि तिल जत्रो देख्न थाल्नु भयो सायद तर बास्तबिकता त्यस्तो हुदैन। सपना पुरा गर्न त्यति सजिलो त कहाँ हुन्छ।

एक पटक हो दशै तिहारको अबसरमा बिभिन्न प्रतियोगिता आयोजना भइरहेको थिय। दुर स्कुल बाट मेरो कानमा झरनाको चिसो पानि शिर्षकको गित मेरो कानमा ठोक्कियो। त्यो गित यति मिठो लाग्यो त्यहि पनि दाइको स्वरमा। मलाइ यो भन्दा पहिले दाइको क्षमता बारे त्यति जानकार थियन। सायद म सानो थिय हेक्का गरेन। सो समयमा दोहोरि प्रतियोगिता मा दाइ र जाजरकोटकि कल्पना तिरुवा बिच भयको थियो। त्यो दोहोरि यति रोमाञ्चक भयोकि सम्पुर्ण गाँउबासि ले निकै नै आनन्द लिय। मलाइ आफ्नो दाइ को प्रतिभा प्रति पहिलो पटक गर्व को महसुस भयो। अक्सर आफ्ना मान्छेहरुको प्रस्तुतिमा हेर्न अप्ठ्यारो लाग्छ। त्यो दिन अप्ठ्यारो मान्दा मान्दै खुब रोमाञ्चक भयर हेरियो। काठमाडौ गइसकेर फर्किसकेपछिका दिनहरुमा थियो।गित हरुको संकलन गरियका पुस्तकहरु कोठामा भेटिन्थे।

 

दाइका डायरि हरुमा केटा र केटि को काल्पनिक दोहोरि रुमानि भावमा  लेखेर भरियका हुन्थे। सायद यो साधना को एक रुप त्यो दोहोरिमा प्रकट भयको थियो। सबै गाँउबासिले प्रशंसा सब्दले दाइको मनको बेलुनलाइ खुसिले भरिदिय।  यो थियो दाइको संगित प्रति सम्बन्धको  प्रारम्भिक दिनहरु। संघर्षका दिनहरु त सुरुवात नै भयका थियनन यतिन्जेल।

यस पछिका कथाहरु बिस्तृत रुपमा सायद समयले अहिले नै खोजिरहेको छैन।

 

संघर्षको कथा सुनाउन पनि एक उपयुक्त समय हुन्छ। सायद मलाइ लाग्छ यो उपयुक्त समय होइन। लाग्छ एक दिन उपयुक्त समय आउनेछ। र त्यो दिनको पर्खाइमा म छु। अहिलेलाइ कथालाइ सारांशको शैलिमा अगाडि बढाउन चाहन्छु।

दाइको त्यतिबेला पनि गित निकाल्ने तिब्र हुटहुटि थियो।योजना पनि बन्दै थियो। उच्च आत्मबिश्वास थियो। तर जिवन डिसि करेन्टको ग्राफ जस्तो चल्दैन। चल्छ त केवल एसि करेन्ट को ग्राफ जस्तो।  समय हामि सामु कडा रुपमा प्रस्तुत हुदै थियो। समय यति प्रतिकुल चल्योकि सायद हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा थियो।

 

समयले बलियो झट्का दियपनि तर फेरि समयले नै दाइलाइ बलियो हुन सिकायो। आफ्नोपनको गहिरो  प्रेमले बिस्तारै पुराना घाउ हरु मेटिदै गय।स्वउत्प्रेरणा लाइ आफ्नो हतियार बनाउनु भयो। सबै भन्दा ठुलो कुरा उहाँ ले आफुले हिड्ने बाटोमा कत्ति पनि बिचलित हुनु भयन।बिभिन्न दोहोरि प्रतियोगितामा हमेशा कुनै न कुनै स्थान प्राप्त गर्दै उत्प्रेरित हुनु भयो।

 

संगित को मार्ग भन्दा बाहिर गयर उहाँ खुसि हुन सक्नु भयन। कसैको सल्लाह सुन्नु भयन सुन्नु भयो त सिर्फ मनको कुरा सुन्नु भयो। जिन्दगिको युद्दमा उहाँले यति बलियो भयर लड्नु भयो । त्यसको परिणाम स्वरुप आज यो एक सृजना आइपुगेको छ। सपना ले एक रुप लिएको छ।

बुद्दिसागरको एक्लो कृतिको पात्र जस्तै उहाँले आफ्नो सपनाको लागि संघर्ष गर्नु भयो।मलाइ कहिले काँहि आफै फोन गर्दा पनि गित रियाज को निरन्तरताको केहि मिनिसेकेण्ड पछि मात्र हेलो प्रतिक्रिया आउथ्यो।तथापि एक्लो को पात्र भन्दा एउटा कुरा फरक थियो। किनकि काठमाडौमा पनि दाइलाइ प्रेम गर्ने आफन्तहरु र एक दमै ठूलो मन गरेका पात्र हरु थिय।

 

दाइको जिबनमा सबै भन्दा ठुलो प्रभाव पारेका दाइ हुनु हुन्छ रामचन्द्र कोइराला।उहाँले कठिन भन्दा कठिन समयमा पनि दाइ को जिबन लुडोको खेलमा तल १ मा झरेको बेला भर्याङ को भुमिका खेल्नु भयो।र आफन्त इष्टमित्र हरुले आफ्नो पनको कहिल्यै अभाव हुन दियनन ।यसर्थ हामि निकै भाग्यमानि छौ। यो घडिमा धन्यवाद दिनै पर्छ सम्पुर्ण गाँउबासिलाइ जस्ले कठिन अबस्थामा हमेशा साथ दिय आफ्नो पनको प्रेमले शितल दिने आफन्तहरुलाइ त झन बिर्सियो भने जिबन जिउनुको ‌औचित्य छैन।

दुइ शब्द दाइको गित प्रति

तपाइको सपना पुरा हुदा पनि सपना जस्तो लागिरहेको छ।

अन्तत्वगोत्व पर्खाइ को क्षण सकियको छ र बर्षौ देखिको हजुरको सपना पुरा भयको हामिले आँखा अगाडि साक्षात्कार गरिरहेका छौ। म आज भन्दा पनि निकै हर्षोल्लास ले भरिपुर्ण त्यो दिन थिय जुन दिन (पुष २८ ) तपाइको अडियो लाइ यो कानले श्रवण गरेको थियो।राति निकै अवेर सम्म त्यो दिन एउटा लुपमा राखेर त्यो गित सुनेको थिय। निकै नै मोहनि लगायको थियो गितले।  त्यो दिन म भावुकता र खुसि को एकै चोटि सगरमाथा आरोहण गर्दै थिय। सायद भावुक भयर खुसि हुनुको अनुभव संसार कै एक सुन्दर अनुभव हो। तपाइको निरन्तरता संगित साधना लगाव, उच्च अनुशासन, तिब्र इच्छा महत्वकांक्षा, आफ्नो सपना प्रति गहिरो प्रेम र निकै धेरै मान्छेको असिमित प्रेम ले आज यो दिन डोर्यायर ल्यायकोछ। हामि निकै नै खुसि छौ। लाग्छ हामि बिस्तारै खुसिका दिनहरुमा फर्कदैछौ। लाग्छ यि भन्दा पनि सुन्दर दिनहरु हामिलाइ अझ पर्खिरहेका छन। किनकि तपाइ आफ्नो सपना रंगले जिन्दगिको भित्ता पोत्नुपर्छ भन्ने मान्यतालाइ बर्षौ देखि अंगाल्दै आइरहनु भयको छ।साथिहरु माझ कतै प्रसंग बस सपना बारेमा कुरा आइहाल्यो भने पनि म तपाइको उदाहरण दिने गर्दछु। सपना के हो। सपना शक्ति कस्तो हुन्छ भनेर। धेरै धेरै बधाइ छ दाइ। राम्रो संगित को जन्म थोरै साधनाले जन्म लिन सक्दैन। अझै पनि तपाइले धैर्यता र पर्खाइ का पिडादायक क्षणहरुलाइ कुर्नु पर्ने हुन्छ।

 

यो सत्यलाइ स्विकार गरेर अगाडि बढ्नु होला। संगितलाइ खासै धेरै नबुझेर पनि म यो सत्यलाइ जान्दछु भने तपाइ ले यो सत्यलाइ स्विकार गर्दै अगाडि बढ्नु हुनेछ भन्ने कुनै सन्देह गर्न सकिदैन। यति हो तपाइको यो पहिलो प्रयास हो। गित राम्रै बनेको छ आशा गरौ स्रोता र दर्शक माझ यो गितले मोहनि लगाउने छ। धेरै ठुलो अपेक्षा नराख्न्नु होला। तपाइले सके जति कर्म गर्नु भयो। त्यो नै ठुलो कुरा हो।

लेखक रोशन रावल इन्जिनियर हुनुहुन्छ । यो लेख जस्ताको त्यस्तै छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय