जुम्लाका सहकारीले आफ्नो बचत फिर्ता नगरेको भन्दै वचत कर्ताले आन्दोलित भएका छन्। जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संस्थाले बचत कर्ताको बचत रकम फिर्ता नगरेको भन्दै आन्दोलन गरेका हुन्। बचत कर्ता आन्दोलन गर्दै सडकमा आएका छन । उनीहरुले दियालो सहकारीले आफुले राखेको बचत गरेको रकम फिर्ता अनाकानी गरेको गुनासो गर्दै आन्दोलनको सुरुवात गरेका छन् ।
बचत कर्ता साउनी महताराको बचत २ लाख २ हजार एउटा र अर्को १ लाख ६० हजार रहेको बताउनुभयो । उहाँले आफुले दाउरा, आलु बेचेर जम्मा गरेको पैसा सहकारीले फिर्ता दिन आनाकानी गरेको गुनासो गर्नुभयो । उहाँले भनुभयो, दियालो बहुउदेश्यीयको कार्यालयमा बचत फिर्ता गरि दिनको लागि पटकपटक धाउदा समेत आफ्नो बचत फिर्ता नपाएको गुनासो छ् । उहाँले आफुले जुम्लामा रहेको दियालो बहुउदेश्यीय सहकारी संस्थामा रकम जम्मा गर्न थालेको २०८० माघमा २ वर्ष भएको जनाउनुभयो ।
यस्तै, अर्का पिडित मुन बहादुर बुढाको पनी ८ लाख रकम बचत रहेको छ। उहाँले बचत फिर्ता नपाएको दुखेसो गर्नुभयो । उहाँले भनुभयो, आलु बचेर आधापेट खायर बचत गरेको वताउनुभयो । तर अहिले सहकारीले बचत माग्न आउदा एक हजार दिने गरेको छ । बचत नपाएका कारण बच्चाहरुको पढाईमा बाधा भइरहेको समेत उहाँको गुनासो छ् । मुनबहादुरलाई अहिले बच्चा पढाउन, कोठा भाडा तिर्न रकम अभाव भएकाले आफुले खाईनखाई जम्मा गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गर्दा मुस्कील भएको बताउनुभयो । सहकारीले रकम फिर्ता गर्नका लागि आलटाल गरेको उहाँको आरोप छ ।
वचत रकमका लागी कार्यालयमा आउदा कर्मचारीले जे गरे,गर हामी बचत फिर्ता नदिने भनेर धम्काउने गरेको समेत बचत कर्ताको गुनासो रहेको छ । यस्तै, बचत कर्ता नन्द बुढाको पनी सोही सहकारी बाट ८ लाख बचत लिनुपर्ने बताउनुभयो । उक्त सहकारीका व्यवस्थापक दिपक शाहीेले असारमा पैसा दिने भनेर भनेको बताएका छन् । २०६६ साल साउन २६ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाको १ देखि ७ सम्म, तातोपानी गाउँपालकिाको वडा नम्बर ४ र गुठिचौर गाउँपालकिाको वडा नम्बर ५ मा कार्य क्षेत्र तोकेर चन्दननाथ गाउँपालीका ६ मा मुख्य कार्यालय स्थापना गरि दियालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको भइ काम संचालन गर्दै आईरहेको छ ।
यस्तै, सहकारीका सञ्चालक समतिका अध्यक्ष टेकबहादुर शाही अहिले कलकत्तामा छन भने व्यवस्थापक दिपक शाह काठमाडौंमा रहेको पाइएको छ । संस्थाले बचत कर्ताको १९ करोड ५० लाख मध्ये १८ करोड रकम तिर्न बाँकी रहेको व्यवस्थापक दिपक शाहले जानकारि दिनुभयो । सहकारीका अध्यक्षको नेपालगंजमा रहेको जग्गा र चितवनमा रहेको जग्गा बिक्रि गरेर भए पनि बचत कर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँका अनुसार, संस्थामा १ करोड ५० लाख शेयर लगानी छ, भने संस्थाले ऋण लगानी ३४ करोड गरेको बताएका छन् । बितेको डेढ वर्षको अवधीमा संस्थाले ३ करोड ऋण लगानी मात्रै उठाउन सकेको छ । व्यवस्थापक शाहले भनुभयो, आगामी चैत अन्तिम सम्म सबैको पैसा फिर्ता गर्ने तयारी रहेको बताउनुभयो ।






