जुम्ला। हिउँले ढकमक्क ढाकिने लेक, काञ्जिरोवा र चिनौरा हिमालको चिसो सिरटो, अनि तिला र जवा नदीको कलकल आवाजबीचको गर्याङ्गकोट गाउँ। ऐतिहासिक भौगोलिक चिनारी बोकेको जुम्लाको गुठिचौर गाउँपालिका(३, गर्याङ्गकोटका युवा नेता लक्ष्मण सुनार आजभोलि एउटा फरक र चेतनामूलक बहसको नेतृत्व गरिरहनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीका युवा नेताका रूपमा परिचित सुनारले राजनीति र सामाजिक क्रान्तिलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि सशक्त विचार प्रस्तुत गर्नुभएको छ। उहाँको स्पष्ट सन्देश छ, अबको क्रान्ति कसैलाई हराउने वा सडकमा आन्दोलन र विद्रोह गर्ने मात्र होइनस समाजमा गढेर बसेका कुरीति, असमानता, अशिक्षा र भ्रष्टाचारलाई परास्त गर्ने चेतनाको क्रान्ति हुनुपर्छ।
दम्ब र ईगो होइन, एउटा सत्य आवाज नै परिवर्तनका लागि पर्याप्त
हाम्रो समाजमा अझै पनि गरिब र धनीबीचको विशाल खाडल छ, जातका नाममा विभेद छ, महिलामाथि असमान व्यवहार छ, र शक्तिशालीको दबाबमा निमुखाको पीडा दबाइन्छ। यस्तो अवस्थालाई भाग्यको खेलु वा सामान्य परिपाटीु मानेर बस्नु समाज सुधार होइन।
गलतलाई गलत भन्न सक्ने साहसी कदम नै रूपान्तरणको पहिलो पाइला भएको बताउँदै नेता सुनार भन्नुहुन्छ,. समाज परिवर्तन गर्न सधैँ दम्ब, घमण्ड र ईगो चाहिँदैनस कहिलेकाहीँ एउटा सत्य र इमानदार आवाज नै पर्याप्त हुन्छ। उहाँका अनुसार आजको राजनीति पद, कुर्सी वा शक्तिका लागि होइन, जनताको जीवन बदल्नका लागि हुनुपर्छ। गरिबका छोराछोरीले अवसर नपाउने, जातका आधारमा मानिसको सम्मान फरक हुने र विकासका नाममा बजेट सिद्धिए पनि जनताको जीवनस्तर नउक्सिने परिपाटीमाथि युवाहरूले अब प्रश्न गर्नैपर्छ।
सामाजिक सञ्जालको आक्रोश छाडेर रूपान्तरणमा जुट्न युवालाई आह्वान
आजको युवा पुस्ता केवल सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर सीमित हुन नहुने तर्क सुनारको छ। गाउँ(गाउँका समस्या समाधान गर्न युवा स्वयं अग्रसर हुनुपर्छ। गाउँका विद्यालय कमजोर छन् भने तिनको गुणस्तर सुधार्न आवाज उठाउने, फितलो स्वास्थ्य सेवाबारे प्रश्न गर्ने र बेरोजगारीविरुद्ध सीप तथा उद्यमशीलताको बाटो खोज्ने, भ्रष्टाचारविरुद्ध प्रमाणसहित मैदानमा उत्रिने र सामाजिक विभेदविरुद्ध ढाल बनेर उभिने बताएका छन्।
मालिक होइन, सेवक नेता र जनमुखी प्रशासनको आवश्यकता
कर्णालीका दुर्गम गाउँमा जन्मिनु अवसरबाट वञ्चित हुनुपर्ने कारण बन्न नहुने धारणा व्यक्त गर्दै सुनारले समाजका हरेक वर्गको सम्मान हुनुपर्नेमा जोड दिनुभएको छ। गरिब हुनु अपराध, दलित हुनु अपमान, महिला हुनु कमजोरी, र किसान हुनु पछौटेपनको परिचय नहुने समाज निर्माण नै आजको प्रमुख आवश्यकता हो।
उहाँ भन्नुहुन्छ, हामीलाई यस्तो राष्ट्र चाहिएको छ जहाँ नेता जनताको मालिक होइन, सेवक होस्स सरकारी कार्यालय जनतालाई दुःख दिने ठाउँ होइन, सहज सेवा दिने केन्द्र बनोस्स र शिक्षा प्रमाणपत्रका लागि मात्र नभई जीवन बदल्ने शक्ति बनोस्।
परिवर्तनको सुरुवात आफैँबाट
क्रान्ति कुनै एक रातमा वा एउटै निर्णयबाट सम्भव हुँदैन। तर एउटा मानिसबाट सुरु भएको सानो चेतनाको झिल्कोले हजारौँ मानिसमा उज्यालो छर्न सक्छ। अरूले समाज बदलिदेला भनेर पर्खिनुको सट्टा आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्नेमा उहाँको जोड छ।
“हतियार होइन चेतना उठाऔँ,
विभेद होइन समानता रोजौँ,
घृणा होइन मानवता फैलाऔँ,
र मिलेर नयाँ समाज निर्माण गरौँ।”
एक व्यक्ति बदलिँदा परिवार बदलिन्छ, परिवार बदले समुदाय र समुदाय बदले सिङ्गो राष्ट्र बदलिन्छ। त्यसैले आजको हाम्रो हतियार ज्ञान, शक्ति एकता र लक्ष्य समतामूलक समाज हुनुपर्छ।
नेता लक्ष्मण सुनारले सामाजिक रूपान्तरणका लागि सम्पूर्ण युवा तथा आम नागरिकलाई एउटै सूत्रमा बाँधिन आह्वान गर्नुभएको छ।






