जुम्लाको तातोपानी गाउँपालिका–६ निवासी ३६ वर्षीय यकराज गौतम मृत अवस्थामा फेला परेका छन्। तातोपानी–२ बाबिरा नजिकै सडकबाट करिब ३० मिटर तल उहाँको शव भेटिएको हो। दिउँसो ५ः२५ बजे शव फेला परेको वडा नं ३ का वडाध्यक्ष गोकर्ण रावलले जानकारी दिनुभयो। घटनाको खबरपछि उहाँले लिताकोट प्रहरी चौकीलाई सूचित गरेका थिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालको नेतृत्वमा ६ सदस्यीय टोली घटनास्थल पुगेको थियो। हाल शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ






