कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार कर्मचारी आन्दोलित भएका छन्। आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन गर्नुपर्ने माग राख्दै करार कर्मचारीहरु शुक्रबारदेखि आन्दालित भएका हुन् । करिब ६÷७ वर्षदेखि प्रतिष्ठानमा निरन्तर सेवा दिईरहेका करार नर्सिङ कर्मचारीहरुले आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन हुनु पर्ने भएपनि मंसिर २८ गते लोक सेवा आयोग मार्फत कर्णाली प्रतिष्ठानले खुला प्रतिस्प्रधाबाट पदपुर्ति गर्ने निर्णय भएपछि अनिश्चितकालिन आन्दोलनको सुरुवात गरिएको आन्दोलनरत कर्मचारी सरिता कुमारी बुढाले बताउनुभयो ।
करार कर्मचारीहरुको हितका लागि आन्तरिक व्यवस्थापन हुनु पर्नेमा अनुभव सहित खुला प्रतिष्प्रर्धाबाट पदपुर्ति गर्ने निर्णय प्रति आपत्ती जनाउदैँ आन्दोलन गरेको बुढाले वताउनुभयो । बुढालामो समयदेखि हाडजोर्नी विभागमा कार्यरत हुनुहुन्छ ।,’केही वर्षअघि मैले लोक सेवा आयोगमा नाम निकालेको सुनाउनुभयो । अन्तबार्तामा जानू पहिले प्रतिष्ठानले १५ लाख रुपैया दिनुपर्ने अडान राखेको गुनासो छ । पहिलो चरण ६÷७ लाख दिन्छु,बाँकि किस्तामा दिन्छु भनेपनि एकैमुष्ट १५ लाख दिनुपर्ने भएको दुखेसो । घुमाउरो तरिकाले मलाई बाहिर जान दिएनन । अहिले लोक सेवा लड्ने उमेर पनि गैईसक्यो । आन्तरिक व्यवस्थापन हुने आशामा वर्षाै बित्यो ।
हाल खुला प्रतियोगिताको सूचना भएपछि भोली हाम्रो ठाउँमा अरु आउँदा हामी कहाँ जाने ? त्यसैले करार कर्मचारीको आन्तरिक व्यवस्थपान हुनु पर्ने माग ।’ सरिता कुमारी बुढा जस्तै प्रतिष्ठानमा धेरै नर्सिङ कर्मचारी छन् । जसले कोरोना कालदेखि हाल सम्म प्रतिष्ठानमा अनवरत सेवा दिईरहेका छन् । तर आन्तरिक व्यवस्थापन नगरी खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्ने निर्णयको विरोधमा अनिश्चितकालिन आन्दोलन गर्नु परेको आन्दोलनरत कर्मचारी सितला रोकायाले बताउनुभयो ।
प्रतिष्ठानमा झण्डै १०५ जना नर्सिङ कर्मचारीहरु रहेका छन् । जसमध्य ४८ जनाले आन्तरिक व्यवस्थापन व्यवस्थापन हुनु पर्ने माग सहित उच्च अदालत सुर्खेत जुम्ला ईजालासमा रिट दर्ता गरेका थिए । उच्च अदालत सुर्खेत जुम्ला ईजलासका न्यायधिष कैलास गुरुङ र श्याम जी प्रधानको संयुक्त ईजलासले मंसिर २७ गते प्रमाणिकरण भएको आदेशनुसार करार कर्मचारीकै पक्षमा फैसला गरेको छ । कर्मचारीकै पक्षमा फैसला भएपनि सुनियोजित रुपमा प्रतिष्ठानका पदाधिकारीले लोक सेवा आयोग मार्फत खुला प्रतियोगिताबाट नर्सिङ कर्मचारी भर्नाको निर्णयले करार कर्मचारीको योगदान,क्षामता माथि लात हानिएको र पदाधिकारीले बेवास्ता गरेको समेत करार कर्मचारीहरको आरोप छ ।
विज्ञप्तीमा भनिएको छ,’बिना आधार र मापदण्ड विपरित गरिएको विभेदपूर्ण निर्णयले थप शंका पैदा गरेको छ । यस्तो गैर जिम्मेवारपूर्ण निर्णयको शसक्त प्रतिबाद गर्न आन्दोलनको घोषणा गरेको वताएका छ्न। अन्यथा उचित मागहरुको बेलैमा संबोधन नगरि आलटाल भएमा विषय वस्तुको गम्भीरतालाई बेवास्ता गरिएमा उत्पन्न हुन सक्ने जस्तो सुकै परिस्थितिको जिम्मेवार प्रतिष्ठान हुनुपर्ने वताएका छन् ।’
जसमा पुस ४ र ५ गते कालोपट्टी बाधेर सेवा दिने,७ र ८ गते ईमरजेन्सी,आइसियू,एनआईसियू,प्रसुती विभाग बाहेक सबै सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम रहेका छन् । साथै अन्तिम समय सम्म पनि प्रतिष्ठानका पदाधिकारीले माग प्रति बेवास्ता गरेको खण्डमा सबै संवेदनशील क्षेत्र तथा सबै विभागमा पेन डाउन गर्ने र अन्त्यमा सम्पुर्ण विभागका करार तथा ज्यालादारी कर्मचारीले सामुहिक राजिनामा दिने सम्मका आन्दोलनका कार्यक्रम अघि सारेका छन् ।






