Monday, August 24, 2026 | 9:14:15 AM

गुठिचौर गाँउपालिकामा प्रहरिद्धारा विपद सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । गुठिचौर गाँउपालिका समन्वय र कर्णाली प्रदेश प्रहरि विपद व्यवस्थापन गुल्म जुम्लाको सहयोगमा जनचेतनाका लागी कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम विपद् जोखिम, तयारी, र प्रतिकार्य सम्बन्धी जानकारी, विपद्बाट हुने आर्थिक र भौतिक क्षतिलाई न्यूनीकरण गर्न मद्दत, प्राकृतिक प्रकोप र अन्य विपद्बाट हुने नोक्सानी घटाउन पूर्वतयारीमा सहयोग पु¥याउने, विपद्को सामना गर्ने क्षमता विकास गर्ने, नागरिक र प्रहरीको सहकार्यबाट उद्धारकार्यलाई प्रभावकारी बनाउन् यो कार्यक्रम गरिएको हो ।

विपद्ध सचेतना कार्यक्रमको मुख्य उद्देश्य जनतामा विपद्को जोखिम घटाउने र विपद् व्यवस्थापनमा सहभागी बनाउने रहेको कर्णाली प्रदेश प्रहरि विपद व्यवस्थापन गुल्म जुम्लाका प्रहरि निरिक्षक थानेश्वर चपाईले वताउनु भएको छ । मानिसहरूमा सम्भावित प्राकृतिक तथा मानवजन्य विपद्हरूबारे सचेत गराउने, तिनबाट बच्ने उपायहरू सिकाउने कार्यभएको कर्णाली प्रदेश प्रहरि विपद व्यवस्थापन गुल्म जुम्लाका प्रहरि निरिक्षक चपाईले वताउनुभयो ।

विपद्ध आफै बाजा वजाएर आउदैन, जतिवेलापनि आउन सक्छ, यसबाट वचाउन कार्यक्रम गरिएको उहाँको भनाई छ । प्रहरि निरिक्षक चपाईले भनुभयो, अहिले गाँउमा ग्यस प्रयोग बढेको छ, गाँउघर, वनमा स्टेचर नभएको अवस्थापमा चुनि, आफु लगाएको कपडा पछेउरा, ज्याकेट लगाएत बाट विरामीला्ई अस्पताल पु¥याउन सहज उपाउ दिएको थियो ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा ४ का अध्यक्ष टिकादत्त न्यौपानेले गाँउपालिकाका जनतालाई यो कार्यक्रम दिएकोमा धन्यवाद दिदै, गाँउघर पर्ने सानातिना समास्यम सजिलो वनाएको उहाँको भनाई छ । घास दाउरा लगाएतका काम तथा गाँउघरमा स्टेचर वनाउने तरिका, आगो निभाउने तरिका राम्रो भएको वताउनुभयो । उहाँले गाँउगाँउमा पनि यस्ता कार्यक्रम आजको आवश्यकता भएको वताउनु भएको छ ।

त्यस्तै, गुठिचौर ५ का वडा अध्यक्ष कमल महतले विपद् आउनु अघि त्यसको सामना गर्न आवश्यक योजना, ज्ञान, दिनु राम्रो पक्ष भएको वताउनुभयो । उहाँले सचेतना भनेको जानकारीमात्र नभई त्यसलाई व्यवहारमा लागू गर्न सक्ने क्षमताको विकास भएको वताउनुभयो । त्यस्तै, गुठिचौर गाँउपालिका विपद शाखा प्रमुख अम्मरराज गिरिले आर्थिक वर्ष २०८०÷०८१ मा ३ वटा आगलागीका घटना भएको जानकारि दिनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ पालिकामा अन्य ३२ वटा विपदका घटना भएको विपद शाखा प्रमुख गिरिले वताउनुभयो । उहाँले विपद कार्यालयले कम खर्चमा लाभदायक कार्यक्रम भएको र स्टेचर वनाउने उपाए दिएको भन्दै प्रशंसा गर्नुभयो । प्रहरीद्वारा संचालित विपद् जनचेतना कार्यक्रमले स्थानीय सरकार, गैरसरकारी संस्था, र सहयोगी संस्थाहरूसँग सहकार्य गरी अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय