प्रेस सेन्टर नेपाल जुम्लाको नयाँ जिल्ला समन्वय समिति चयन भएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो । प्रेस सेन्टर नेपाल जुम्लाको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा महिला जागरण अनलाइन पत्रिका अध्यक्ष तथा मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका सवाददाता दिलमाया शाही निर्वाचित हुनुभएको छ ।
यस्तै उपाध्यक्ष उमेश वुढा, अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव रामप्रकाश वि.क., (समावेशि) सह–सचिव उमेश परियार, कोषाध्यक्ष अमृत बुढाथोकी मगर सहित ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको छ ।



ने.क.पा (माओवादी केन्द्र) जुम्लाका संयोजक नवराज न्यौपाने, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा सहित, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव शुरज कुमार सिंह, केन्द्रीय सदस्य नेत्रबहादुर शाही, प्रदेश सचिव उपेन्द्र न्यौपाने सहित प्रेस सेन्टरका पदाधिकारी, जनबर्गिय संगठनका प्रमुखहरु, जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, जुम्लाको होटल स्टारमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रमा जिल्ला संयोजक नवराज न्यौपानेले प्रेस सेन्टर जनताको पक्षमा अझ क्रान्तिकारी भएर अगाडि बढ्न सुझाव दिनुभयो । निष्पक्ष र असस समाज निमार्णमा केन्द्रित हुनुपर्ने उहाँले वताउनुभयो ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका सचिव शुरबहादुर सिंहले पद ठूलो नभई सत्य पत्रकारिता, विचार ठूलो भएकाले संगठन एकजुट भएर अगाडि बढ्नुपर्नेमा वताउनुभयो । उहाँले अव प्रेस सेन्टरका कलम तिखो भएर अगाडि बढाउन पर्नेमा जोड दिनुभयो ।
प्रेस सेन्टरका नवनिर्वाचित जिल्ला अध्यक्ष दिलमाया शाहीले सर्वसहमतिले नेतृत्व दिने संगठनका सवै साथीहरुलाई धन्यवाद दिदै संगठनलाई चलायमा वनाउने वताउनुभयो । उहाँले गलत, वेतिथिका विरुद्ध आफ्नो कलम सधै चलिरहने बताउनुभयो । उहाँले काम गर्ने सिलसिलामा सवैको सहयोग आवक्श्यक रहेकोमा जोड दिनुभयो ।
अधिवेशनमा प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव शुरज सिंहको प्रमुख आथित्य, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति सचिव उपेन्द्र न्यौपाने निर्दोष, नेपाल पत्रकार महासंघ जुम्ला शाखा निवर्तमान अध्यक्ष नेत्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।



