Sunday, August 23, 2026 | 10:44:48 PM

जुम्ला/ साउन २४ गते । नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिका वडा नम्बर १ देखि ७ का वडा अधिवेशन सम्पन्न भएका छन् ।

हिमा गाउँपालिका वडास्तरमा भएका भेलाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे हाे । केन्द्रीय सदस्य अम्मरराज शाहीका अनुसार वडान १
राम बहादुर शाही अध्यक्ष लगायत २१ सदस्यीय समिति, वडान २ मुन बहादुर बुढाकाे अध्यक्षतामा अध्यक्ष लगाय २१ सदस्यीय समिति, वडानं ३
बिमला सार्की-अध्यक्ष, वडान ४ गंग बहादुर बुढा अध्यक्ष, वडानं ५ चक्र बहादुर शाही,अध्यक्ष, वडानं ६ धिर बहादुर अधिकारी-अध्यक्ष लगायत २७ सदस्यीय समिति गठन भएकाे छ । यसैगरी
वडानं ७ मा सुनपुरा सिंह-अध्यक्ष लगायत २१ सदस्यीय समिति गठन भएकाे छ ।

उहाँका अनुसार तेस्राे पालिका अधिवेशनका प्रतिनिधि समेत छनाैट भएका छन् । केन्द्रीय सदस्य शाहीका अनुसार नेपाली कम्युनिष्ट पार्टी हिमा गाउँपालिकाकाे तेस्राे अधिवेशन यही भदाै ५ देखी ७ गते हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय