Sunday, August 23, 2026 | 11:42:28 PM

जुम्ला, भदौ ४ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। चन्दननाथ नगरपालिका वडा नं. ७ मिचाका ४१ वर्षीय रत्नचन्द्र रावल मृत अवस्थामा भेटिएका हुन्।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भदौ ४ गते बिहान साढे ९ बजेको समयमा चन्दननाथ नगरपालिका वडा नं. ०६ स्थित यान्त्रिक कार्यालय नजिकै जुम्ला-नाग्मा सडक खण्डबाट करिब ३ मिटर तल पातीको झाडीमा रावल घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

​घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO (दृश्य प्रमाण संकलन) टोलीसहितको प्रहरी टोली घट्नास्थलमा खटिएको थियो। प्रहरीले शवको प्रारम्भिक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाएको छ।

​प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा मृतक रावलले प्राय: अत्यधिक मादक पदार्थ सेवन (मा.प.से.) गर्ने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिएका छन्।

​घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय