Sunday, August 23, 2026 | 10:44:48 PM

राम प्रकाश विक, साउन २३ गुठीचौर, जुम्ला । गुठीचौर गाउँपालिका वडा नम्बर १ गढीगाउँ निवासी ढेसेनी ऐडी र विस्नकली ऐडीको घरमा २३ गते राति ११ बजेतिर भीषण आगलागी भएको छ। आगलागीको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। अचानक भएको यस दुर्घटनामा मानवीय क्षति नभए पनि घरभित्र रहेका पसलका सामग्री, बहुमूल्य गहना, खाद्यान्न तथा लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आगलागी भएको २४ घण्टा नबित्दै गुठीचौर गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर महत, वडा नम्बर १ का अध्यक्ष अर्जुन कुमार महतरा, वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज देवकोटा र विपद् शाखा प्रमुख गयाप्रसाद कुमाईलगायत कर्मचारीको टोली प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरेको छ।
गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न (दाल, चामल), लत्ताकपडा, भाँडाकुडा, पाल, ओढ्ने–ओछ्याउने र डस्ना गरी करिब रु. १ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।
विपद् शाखा प्रमुख गयाप्रसाद कुमाईले “आगलागीबाट सर्वस्व गुमाएका ऐडी परिवारको ष्mmभमष्बतभ राहतका लागि गाउँपालिकाको तर्फबाट लत्ताकपडा, ओढ्ने–ओछ्याउने डस्ना, भाँडाकुडा, पाल र खाद्यान्नसहित करिब रु. १ लाख बराबरको आपत्कालीन राहत सामग्री उपलब्ध गराएका छौँ।“
कार्यवाहक अध्यक्ष कमलबहादुर महतले “अहिले दिइएको राहत त केवल तत्कालका लागि मलमपट्टी मात्र हो। घर पुनःनिर्माणका लागि गाउँपालिकामा गहन छलफल गरी कार्यपालिकाको बैठकमा यो विषयवस्तु लैजानेछौँ। पीडितको पुनःस्थापनामा गाउँपालिका पछि हट्ने छैन।

“जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले आफ्नो तर्फबाट तत्काल राहतस्वरूप ३ बोरा चामल हस्तान्तरण गर्दै भन्नुभयो, “मानवीय क्षति नहुनु सबैभन्दा ठूलो कुरा हो। घर पहिलेको जस्तै बनाउन गाह्रो भए पनि पूर्ण बासस्थानको व्यवस्था गर्न जिल्ला र गाउँपालिकासँग पहल गर्नेछौँ। स्थानीय सरकारले यसको जिम्मा लिनुपर्छ।“
वडा नम्बर १ का अध्यक्ष अर्जुन कुमार महतराले “जसको केही हुँदैन, उसको घर हुँदैन भनेजस्तै आज उहाँहरूलाई भएको छ। तीनवटै तहका सरकार (संघीय, प्रदेश, स्थानीय) र मनकारी व्यक्तिहरू मिलेर घाउमा मलम लगाउनुपर्छ। साना सहयोगले पनि पीडितलाई ठूलो राहत पुग्छ। वडा र गाउँपालिका मिलेर घर पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाउँछु।“
वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपानेले “विपद् बाजा बजाएर आउँदैन। दुःखको समयमा साथ दिन सानो राहत पु¥याइएको हो। मानवीय क्षति हुन नदिन सक्रिय भूमिका खेल्ने गढीगाउँवासीलाई धन्यवाद छ। जनता आवास कार्यक्रम वा गाउँपालिका सरकारमार्फत जसरी भए पनि पुनःनिर्माणमा निरन्तर पहल गर्नेछौँ, ढुक्क हुनुहोस्।“


आगलागीबाट भएको क्षतिको विवरण
प्रहरि चौकि मणिसाँगुका प्रहरि सहियक निरिक्षक याम वहादुर थापाले घरसँगै सञ्चालनमा रहेको पसल र व्यक्तिगत धनमाल डढ्दा ठूलो वित्तीय क्षति भएको छ। पसल, व्यवसाय तथा भौतिक सामग्री क्षति नगद तथा किस्ताबन्दी रु. ८५,००० नगद पेस्की र रु. ५५,००० किस्ताबन्दी रकम र खाद्यान्न तथा किराना सामानहरुमा ४ क्विन्टल चिउरा, २ क्विन्टल दाल, ३० केजी अर्को दाल, १ बोरा चिनियाँ बदाम, १ कार्टुन कोक÷जुस÷फ्रुटी, खाने तेल (४ पेटी), भुजा (६ वटा), नुन (३ वटा), मन्जन, चुरोट (५ खुकुरी), सुर्ती, चाउचाउका कार्टुन, तिलको तेल, फुरान आदि जलेर नष्ट भएका छन्।
१ इन्भर्टर, १ इन्डक्सन चुलो, १ मल्टिप्लग चार्जर, १ राउटर, १ माउस, १ पेनड्राइभ, १ हेडफोन, १ डिशहोम एन्टिना (सेट), ३ वटा ब्याट्री, मिक्चर १ थान, हिटर ६ वटा, फ्रिज, मोवाइल रेकर्डर २ थान, सिमेन्ट १६ बोरा, छड १ मुठ्ठल, प्लाइवुड (३ प्रकारका), ग्यास सिलिन्डर ३ वटा, तामाका गाग्री ३ वटा, तामाका ताउली ५ वटा, भाँडाकुडा, स्टिलका सामान, गमला (१० वटा), र्याक, ठेला, बाल्टी, डोरी आदि जलेर नष्ट भएका छन्।
व्यक्तिगत प्रयोग, सुनचाँदी र लत्ताकपडा क्षति अन्दाजी ४.५ तोला सुनको औंठी तथा गहना र आमाको १५ तोला सुनका गहना (औंठी, गिलास ५ वटा) लगायतका बहुमूल्य वस्तु, मेरिनो १ थान, जिन्क्स २ थान, सुतीको सिरक, तन्ना (१५ वटा), लाहरी २ वटा, पाखा ५ वटा, ब्ल्यान्केट ३ वटा, सिरानी १५ वटा र शरीरमा लगाएको कपडाबाहेक सम्पूर्ण व्यक्तिगत लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय