Monday, November 23, 2026

जुम्ला । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु जुम्ला जिल्ला कमिटीको ११ औं जिल्ला अधिवेशनबाट विन बहादुर रावतको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको छ।

​सोमबार सम्पन्न अधिवेशनको बन्दसत्रबाट कमिटीको उपाध्यक्षमा पदम न्यौपाने र महिला उपाध्यक्षमा रेखा बुढा चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा भिजन वड, सहसचिवहरूमा सन्तोष शाही र निसा रावल तथा कोषाध्यक्षमा सन्जु सिकर्मी चयन हुनुभएको छ।

​

​अधिवेशनको बन्दसत्र मण्डलका अध्यक्ष विराज भण्डारीको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सदस्य एवं जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अनेरास्ववियु का निवर्तमान जिल्ला संयोजक सुनिल जंग महत लगायतका नेताहरूको उपस्थिति रहेको थियो। नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बन्दसत्र मण्डलका अध्यक्ष विराज भण्डारी र जिल्ला इन्चार्ज रतननाथ योगीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो।