Monday, November 23, 2026

जाजरकोट । ​नलगाड नगरपालिका वडा नम्बर–३ स्थायी बासिन्दा भई हाल भेरी नगरपालिका वडा नम्बर–३ पानीनाउलामा अस्थायी रूपमा बसोबास गर्दै आउनु भएका स्व. आशवीर विकको निधनमा शोकको यस घडीमा परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

​आपत्कालीन तथा दुःखको यस घडीमा शोकसन्तप्त परिवारलाई राहत र हौसला प्रदान गर्ने यो महान कार्यमा जुट्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई पीडित परिवार तथा सहयोगी समूहले हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ।

​स्वर्गीय आशवीर विकको अस्थायी निवास भेरी नगरपालिका–३ पानीनाउलामै पुगेर सहयोगी दाताहरूको नामावलीसहित उक्त सहयोग रकम उहाँकी धर्मपत्नीलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम हस्तान्तरणसँगै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरिएको छ।

​सो अवसरमा भेरी नगरपालिका वडा नम्बर–३ की कार्यपालिका सदस्य मेनुका विक र समाजसेवी लाल बहादुर विक लगायतको उपस्थिति रहेको थियो। शोकसन्तप्त परिवारले यहाँहरूले देखाउनुभएको आत्मीयता, सहयोग, सद्भाव र मानवीय भावनाप्रति सदैव आभारी रहने बताएका छन्।

​आर्थिक सहयोग गर्नेहरूमा गगन बहादुर राना, नलगाड–३, हाल वीरेन्द्रनगर, सुर्खेत  दुई हजार रुपैयाँ, रिता हमाल सिंह (डाँडागाउँ गाविसका पूर्व गा.वि.स. सचिव नरेन्द्र सिंहकी धर्मपत्नी) दुई हजार रुपैयाँ, चित्र बहादुर बोहरा, नलगाड–३, हाल भेरी–३ दुई हजार एक सय पचास रुपैयाँ, गणेश विक, भेरी नगरपालिका–३, थाप्ले पाँच सय रुपैयाँ, सुरेन्द्र सिंह, नलगाड नगरपालिकाका निवर्तमान कार्यकारी एक हजार पाँच सय पचपन्न रुपैयाँ, विष्णु विक, मुक्ति समाज नेपालका जाजरकोट संयोजक , पाँच सय रुपैयाँ, मिलन चनारा पाँच सय रुपैयाँ, वीरेन्द्र खड्का, वडा अध्यक्ष, नलगाड–६  पाँच सय रुपैयाँ, भीम बुढा, सभापति, नलगाड–३ एक हजार रुपैयाँ, कौसी बिष्ट, वडा अध्यक्ष, नलगाड–३  दुई हजार रुपैयाँ र प्रबिन विक, पाँच सय रुपैयाँ सहयोग गरेका छन् भने जम्मा रकम तेह्र हजार दुई सय पाँच रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।

​संकटको यस घडीमा निस्वार्थ भावले आर्थिक तथा नैतिक सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरूको यो अमूल्य सहयोगले शोकसन्तप्त परिवारलाई ठूलो राहत र हौसला प्रदान गरेको भन्दै आयोजक तथा परिवारजनले पुनः एकपटक हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।