Monday, August 24, 2026 | 8:19:27 AM

नेपाल पत्रकार महासंघ जुम्लाका नवनिर्वाचित अध्यक्ष पुर्णप्रसाद चौलागाई नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आईबार बधाई तथा शुभकामना दिएका छन्। मंसिर २८ गतेसम्पन्न महासंघको निर्वाचनमा जुम्ला शाखाको अध्यक्षमा निर्वाचित चौलागाईँलाई आइतबार दिउँसो टेलिफोन गरेर बधाई दिएका हुन् । निर्वाचनमा साँझा उम्मेदवारी दिएर विजयी भएको भन्दै मन्त्री गुरूङले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तीन संगठन मिलेर साझा उम्मेदवारी दिएर जित्नु भएको रहेछ । तपाईंसहित सम्पूर्ण टिमलाई बधाई छ । सफल कार्यकालको शुभकामना ।, झसञ्चारमन्त्री गुरूङले अध्यक्ष चौलागाईँसंगको टेलिफोन वार्तामा भनेका थिए ।मोफसल पत्रकारिता क्षेत्रका समस्या र चुनौतीको समाधान आफ्नो प्राथमिकता रहेको उक्त अवसरमा मन्त्री गुरूङले बताए । महासंघ जुम्लालाई आवश्यक सहयोग गर्दै जाने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कर्णाली सवाल अनलाइनसंग कुराकानी गर्दै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष चौलागाईँले सञ्चारमन्त्रीको फोन गरेर बधाई तथा शुभकामना व्यक्त गरेको पुष्टि गरे ।

उनले भने,ञ सञ्चारमन्त्री ज्युले फोन गरेर बधाई ज्ञापन गर्नुभयो । सबैलाई मिलाएर लैजान र नमुना काम गर्न सुझाव दिनुभएको छ । मैले पनि उहाँलाई धन्यवाद व्यक्त गरे ।झ अध्यक्ष चौलागाईँले टेलिफोन वार्ताका क्रममा सञ्चारमन्त्री गुरूङलाई दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारमा चासो दिन आग्रह गरेका थिए ।

पत्रकारिता जगतले सधै राज्यलाई खबरदारी गर्नुपर्ने गुरूङको जोड थियो ।चौलागाईँले नेपाल पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए ।शाही नेपाल प्रेस सेन्टर,प्रेस चौतारी र प्रेस युनियन जुम्लाका साझा उम्मेदवार चौलागाईँसँग तीन मतले पराजित भएका थिए । कुल ५४ मतदानमा रहेकोमा ५३ जना मतदानमा सहभागी भएका थिए ।तीमध्ये चौलागाईँले २८ मत प्राप्त गरे भने पराजित शाहीले २५ मत प्राप्त गरेका थिए ।अध्यक्ष निर्वाचित चौलागाईँ नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय