गुठीचौर, जुम्ला । सार्वजनिक सम्पत्तिको अभिलेखलाई आधुनिक, दुरुस्त र पारदर्शी बनाउने उद्देश्यका साथ गुठीचौर गाउँपालिकामा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Asset Management System – PAMS-V2) सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा सञ्चालित सो अभिमुखीकरण कार्यक्रममा गाउँपालिका मातहतका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महालेखा नियन्त्रक कार्यालय (FCGO) द्वारा कार्यान्वयनमा ल्याइएको अनलाइन प्रणाली PAMS-V2 मार्फत सरकारी जिन्सी, पुँजीगत सम्पत्ति, औषधि तथा मर्मतसम्भार योग्य सामग्रीको डिजिटल प्रविष्टि र मूल्याङ्कनबारे व्यावहारिक अभ्यास गराइएको थियो।
जन स्वास्थ्य सेवा कार्यालयकि प्रशासकीय अधिकृत भगवती श्रेष्ठले कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहनुभएकी जनस्वास्थ्य सेवा कार्यालयकी प्रशासकीय अधिकृत भगवती श्रेष्ठले सार्वजनिक सम्पत्तिको पारदर्शी अभिलेख सरकारी प्रणालीको मेरुदण्ड भएको बताउनुभयो।
”सार्वजनिक सम्पत्तिको यथार्थ र दुरुस्त अभिलेख राख्नु प्रत्येक सरकारी कार्यालयको कानुनी एवं प्रशासनिक दायित्व हो। PAMS-V2 प्रणालीले पुराना हस्तलिखित ढड्डा प्रणालीलाई विस्थापित गर्दै पूर्ण रूपमा डिजिटल माध्यमबाट जिन्सी र सम्पत्ति व्यवस्थापन गर्ने सुविधा दिएको छ। सुरुवाती चरणमा पुराना सम्पत्तिको प्रविष्टि गर्दा र सर्भर सुस्त हुँदा केही कठिनाइ देखिए पनि निरन्तरको अभ्यासले यसलाई सहज बनाउँछ। यसले वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।”

स्वास्थ्य शाखा प्रमुख रामेश बुढाले कार्यक्रमको सहजीकरण गर्नुभएका गुठीचौर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश बुढाले स्वास्थ्य क्षेत्रका भौतिक तथा औषधीय सामग्रीको सही व्यवस्थापनमा यो प्रणाली कोशेढुङ्गा सावित हुने बताउनुभयो।
”स्वास्थ्य शाखा मातहत रहने औषधि, मेडिकल उपकरण र अन्य जिन्सी सामग्रीको नियमित मौज्दात र प्रयोगको पारदर्शी हिसाब राख्न PAMS-V2 अत्यन्त उपयोगी छ। यद्यपि दुर्गम भौगोलिक क्षेत्रमा इन्टरनेटको सुस्त गति, केन्द्रीय सर्भरमा आउने प्राविधिक समस्या र सुरुवाती डाटा इन्ट्रीमा देखिने चुनौतीहरूलाई व्यवहारिक रूपमा समाधान गर्दै लैजानुपर्ने देखिन्छ। यस तालिमले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई प्रणाली सञ्चालन गर्न र अभिलेख दुरुस्त राख्न सक्षम बनाएको छ।”
निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीलेकार्यक्रमको समापन गर्दै गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले गाउँपालिकामा पूर्ण रूपमा डिजिटल सुशासन कायम गर्न प्रणालीलाई प्रभावकारी रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
”गाउँपालिका मातहतका सबै शाखा, स्वास्थ्य संस्था तथा विषयगत कार्यालयहरूमा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण, सही सदुपयोग र पारदर्शिता कायम गर्नु हाम्रो पहिलो प्राथमिकता हो। PAMS-V2 प्रणालीले जिन्सी व्यवस्थापनमा आउने द्विविधा र अनियमिततालाई अन्त्य गर्नेछ। प्रणाली सञ्चालनका क्रममा देखा परेका इन्टरनेट, सर्भर तथा प्राविधिक समस्याहरूलाई समाधान गर्न गाउँपालिकाले आवश्यक पूर्वाधार र सहजीकरण उपलब्ध गराउनेछ। सबै शाखाहरूले यथाशीघ्र आफ्नो सम्पत्ति विवरण प्रणालीमा प्रविष्टि गरी सुशासन कायम गर्न निर्देशन दिन्छु।”
PAMS-V2 महालेखा नियन्त्रक कार्यालयले विकास गरेको एक एकीकृत वेब-आधारित प्रणाली हो। यसका मुख्य कार्य र विशेषताहरू कार्यालयमा रहेका चल-अचल, पुँजीगत तथा फर्निचर, सवारी साधन र स्वास्थ्य सामग्रीको डिजिटल प्रविष्टि गर्ने, दाखिला प्रतिवेदन (Entry Report) र निकासा (Issue) विवरणलाई अनलाइन रेकर्ड गर्ने, भौतिक सम्पत्तिको वार्षिक ह्रासकट्टी हिसाब गरी हालको वास्तविक बजार/किताब मूल्य कायम गर्ने, मर्मत हुन नसक्ने वा पुराना सम्पत्तिको लिलाम, मिनाहा तथा हस्तान्तरण प्रक्रियालाई पारदर्शी र नियमसम्मत बनाउने छन् । तालिमपश्चात् गुठीचौर गाउँपालिकाका सबै शाखाहरूमा PAMS-V2 प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ।






