Monday, August 24, 2026 | 8:19:58 AM

स्वास्थ्य क्षेत्रको भरोसा केन्द्रका रुपमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन सातादेखि तालाबन्दी छ । प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले स्तरबृद्दिको माग गर्दै गत मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा ताला लगाएका छन् ।

पटक पटक आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारी बार्ता बसेपनि सहमती नजुट्दा ताला नखोलिएको हो । हाल प्रतिष्ठानका जिम्मेवार पदाधिकारी उपकुलपति र रजिष्टार काठ्मान्डौँमा रहेका छन् । भने यता आन्दोलित कर्मचारीहरुको आन्दोलन जारी रहँदा ताला खुल्ने टुंगो छैन् ।

प्रतिष्ठानका पदाधिकारीले लोकसेवाको प्रक्रियाबाट बढुवा गर्ने अडान लिएका छन् । भने कर्मचारीहरुले प्रतिष्ठानकै नियमनुसार बढुवा हुनु पर्ने माग छ । दुबै पक्षका आआफ्नै अडानले प्रतिष्ठान अनिर्णयको बन्दी बनेको छ । कर्मचारी र पदाधिकारीको अडानको चपेटामा विद्यार्थी परेका छन् ।

तीन सातादेखि प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवनमा तालाबन्दी हुँदा नियमित पठनपाठन मात्र ठप्प भएको छैन् । मंसिर दोस्रो सातातिर परीक्षा भई विदाई हुनु पर्ने बीएनएस तेस्रो वर्ष र बीएमएस तेस्रो वर्षका विद्यार्थीको फाईनल परीक्षा अझै हुन सकेको छैन् ।

क्यालेण्डर अनुसार ढिलोमा मंसिर १८ गतेभित्र फाईनल परीक्षा सकेर जुम्लाबाट बिदाई भईसक्नु पर्नेमा हाल सम्म वार्षिक परिक्षाको फारम समेत नखुलेको र परीक्षा हुने टुंगो समेत नहुँदा समस्यामा परेको प्रतिष्ठानका बीएनस र बीएमएस विद्यार्थीले गुनासो पोखेका छन् ।

सोमबार पत्रकार भेटघाटमा विएनएस तेस्रो वर्षमा अध्यायनरत सुजिता शाहिले मंसिर १८ मै सकिनु पर्ने फाईनल परीक्षा लगायतका शैक्षिक कार्यक्रम अझै नहुँदा दोहोरो मर्कामा परेको बताउनुभयो ।

अन्य कलेजका हाम्रै ब्याजका फाईनल परीक्षा सकेर सेवामा गर्न गईसकेका छन् । उहाँले भनुभयो,’जुम्लाबाट पनि करिब ९ जना जागिर गर्न जानू पर्ने छ । अन्य विद्यार्थीको बोन्डिङको काम छ । तर प्रतिष्ठानमा तालाबन्दी भन्दै फाईनल परिक्षाको टुंगो लागेको छैन् । यसले गर्दाआर्थिक र करियर दुबै नोक्सान भएको भन्दै चाडै परीक्षा हुनुपर्ने विद्यार्थिले वताएका छन् ।’

मंसिर १८ गते परिक्षाको फारम समेत खुलाउन पत्र दिएपनि शिक्षाध्यक्षले तालबन्दी नखुलेसम्म केही भन्न नसकिने तर्क दिएको विद्यार्थी बताउँछन् । विएनएस तेस्रो वर्षका १२ जना जना र बीएमएस तेस्रो वर्षका ७ जना विद्यार्थी गरि १९ जनाको फाईनल परिक्षा कहिले हुने टुंगो नलाग्दा अन्यौलमा परेका छन् ।

बीएमएस अध्यायनरत चण्डीका श्रेष्ठले आफ्नो स्तरबृद्दिका लागि आन्दोलनरत पक्षसंग विद्यार्थीको कुनै सरोकार नभएको बताउदैँ फाईनल परीक्षाको टुंगो लगाउनु पर्ने उहाँको भनाई छ ।
क्यालेन्डर अनुसारका सम्पूर्ण कार्य समापन भैसकेको छ । तर मंसिर १८ मै हुने भैसक्नु पर्ने परिक्षाको कुनै सुचना प्रकाशत नभएको र सम्पुर्ण विद्यार्थी अन्यौलमा छौ । अहिले गएर फेरि फर्किने कि नफर्किने दोधार छ । परिक्षा फारम यथासिघ्र खुलाई परीक्षा हुनु पर्ने पर्ने श्रेष्ठको माग छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय