Tuesday, November 3, 2026

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न माग गर्नुभएको छ । उहाँले समयमा नै अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने समेत बताउनुभयो ।

राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको समेत बताउनुभयो । उहाँले जरुरी परे संसद्को विशेष अधिवेशनबाट सङ्घर्षको घोषणा गर्ने र सडकमा लाखौँ जनतासँग मिलेर प्रतिक्रियावादीबिरुद्ध लड्ने चेतावनी पनि दिनुभयो ।