Wednesday, November 4, 2026

हिमाली जिल्ला जुम्ला लगाएत कर्णालीमा यस वर्ष पहिलोपटक हिमपात सुरु भएको छ । सोमबार विहानदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि साझदेखि हिमपात सुरु भएको हो । आज साँझसम्म अग्ला डाँडाँकाडाँमा लगभग दुई इञ्च हिउँ जमेको छ, भने यसवर्ष मंसिरमै जुम्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

जुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ खेतीलाई राम्रो हुने भन्दै किसान खुसी भएका छन् । हिमपात भएपछि जुम्लाको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने जुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ । पछिल्लो वर्षमा जलवायू परिवर्तनका कारण समयमै हिउँ नपर्ने र कृषि क्षेत्रमा प्रभाव पर्ने र उत्पादन समेत घट्दै गएको छ ।

हिमपातका कारण कर्णालीमा सोमबार हवाई सेवा समेत अबरुद्ध भएको छ । हवाई सेवा अबरुद्ध भएपछि धेरै यात्रु विमानस्थलमै अलपत्र परेका छन् । यो वर्ष मंसिरमै हिउँ पर्नु किसानका लागि राम्रो कुरा हो । अब उत्पादन बढ्ने किसानले अपेक्षा गरेका छन ।’