गुठिचौर गाँउपालिकामा ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ्न । गुठिचौर गाँउपालिकाम ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित गुठिचौर गाँउपालिको आयोजना र आईएनएफ जुम्लाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन् ।
पालिका भित्रका अपांगता भएका सवैलाई भेला गराई देउडा, एकल गाईन आदिको माध्यम बाट अपांगता भएका व्यक्तिले अन्तर्राष्ट्रिय अपांग दिवस मनाएका छ्न । यो दिवस हरेक वर्ष विभिन्न अन्तराष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।



यस्तै, कार्यक्रमका सभाक्ष्य तथा गुठिचौर गाँउपलिका अध्यक्ष दानवहादुर वुढाले मानसिक,भावनात्मक र सामाजिक समस्याको समाधानका लागि अपांगता भएका व्यक्तिहरूलाई प्रेरणा र सशक्तिकरणमा योगदान पु¥याउने वताउनुभयो । अपांगता भएका व्यक्तिहरुलाई दया वा विचराको रुपमा मात्रै हेर्ने गरिएकोे वताउदै, अपांग भएका व्यक्तिले अवसर पाएमा सक्षम नागरिक भएर आफ्नो जीवन निर्वाह गर्न सक्ने वताउनु भएको छ।् यहाँका अपांग भएका लागी आर्थिक वर्षमा वजेट छुट्एको र खर्चका लागी छलफल गरेर अगाडि वढ्ने उहाँले वताउनु भएको छ ।
स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपांगता भएका व्यक्ति बञ्चित रहेको गुठिचौर गाँउपालिका वडा ३ कि विजा गिरिले वताउनुभयो । विकासको हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिहरु सहितको समावेशी बिकास र समावेशी कानूनहरु निर्माणमा सरकारले ध्यान नदिएको गिरिको भनाई थियो । उहाँले भनुभयो, अपांगता भएको व्यक्तिका लागी सरकार जिम्मेवार हुनुपर्ने र अपांगताका क्षेत्रमा वजेटको व्यवस्थपन गर्न अनुरोध गर्नुभयो । अपांग भएका व्यक्तिको लागी शिक्षामा स्थानिय सरकारले लगानि नगरेकोे उहाँको गुनासो छ ।
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातयातमा छुट पाएका छैनन् । अपाङ्गता भएका व्यक्तिले उठाउँदै आएको मागमध्येमा सार्वजनिक यातायातमा छुटको विषय पनि एक हो । ऐनमा नै भएको व्यवस्था कार्यान्वयन नहुँदा यातायातमा छुट नपाएको उनीहरूको गुनासो छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
आफूहरूले पाउनुपर्ने छुट नपाएको मात्रै नभएर, प्राय चालक वा सहचालकले आफूहरूलाई देख्ने वित्तिकै गाडीमा चढाउन आनाकानी गर्ने गरेको विजा गिरिले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
त्यस्तै, आईएन एफ जुम्लाका टिम प्रमुख चन्द्र वहादुर रावतले अपांगतलाई सहयोग गर्नुपर्ने वताउनु भएको छ । गुठिचौर रहेको अपांग भएका व्यक्तिलाई यो भन्दा पहिलाको समृद्धि परियोजना मार्फत अपांगको आवश्यकताको आधार सहयोग गरिएको रावतले वताउनु भयो । अहिले महिला शशक्ति करणका लागी जिविकोपार्जन कार्यक्र सुरु भएको उहाँले जानकारि दिनुभयो । रावतले भनुभयो, क्षमता विकास नेतृत्व विकास गर्न यो कार्यक्रम संचालन गरिएको वताउनु भएको छ । कार्यक्रम संचालन गर्नका लागी ३० वटा समुह वनाएको र समुहगत रुपमा विभिन्न कार्यक्रमलाई अगाडि वढाउने वताउनु भएको छ ।
अपांगताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँच ल्याउनुपर्ने कार्यक्रममा सहभागि वताएका छन् । ‘अपांगता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अपांगताहरुको भनाई छ ।






