Tuesday, November 3, 2026

कर्णाली प्रदेका मुख्यमन्त्रि एमलाल कडेलले जनताको जिवनस्तर र समाजका सवाङ्गीन क्षेत्रको अवस्थामा सुरधार ल्याउनु सरकार प्रतिवद्ध रहेको वताउनुभयो । उहाँले राजनिति कुरा कम गदै आर्थिक आम्दानि हुने खाल्का कुरा आफ्नो प्राथाकिता रहेको उहाले वताउनु भएको छ । जिल्ला कृषि विकास कार्यालयद्धारा शनिबार जुम्ला बजारमा आयोजित ‘मुख्यमन्त्रीसँग कृषक अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा बोल्दै य्सस्तो वताउनु भएको हो । मुख्यमन्त्रि कडेलले भनुभयो, आज पहिलो चोटि जुम्ला किसानको कुरा सुन्नमात्र आएको वताउनुभयो ।

कार्यालयको प्रमुखले किसानको जफाव सजिलो तरिकाले दिन सक्ने हुनुपर्ने उहाँको तर्क छ । मुख्यमन्त्री कँडेलले किसानका समस्या समाधानका लागि ठोस नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जुम्ली स्याउको पहिचान र महत्वलाई प्रोत्साहन गर्दै किसानलाई सहुलियत कर्जा, प्राविधिक सहयोग र उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।

आगामी वर्षमा निति तथा कार्यक्रम निमार्णमा गर्दा जुम्ली किसनाको समस्या समधान गर्ने तरिकाले ल्याउनका लागी जनताकासगँ अन्तरक्रिया गरेको उहाँले वताउनुभयो । उहाँले कागज मिलाउने किसान भन्दा व्यवहार मिलाउने किसानको पक्षमा सरकारले प्राथाकिता दिर्नेमा जोड दिनुभयो । कृषकलाई ठग्ने काम कसैले नर्गन उहाँको मुख्यमन्त्रि कडेलको आग्रह छ । किसान अगाडि वढाउन क्रमशः छलफल गरेर अगाडि वढ्ने कडेलले वताउनुभयो । जुम्लाको आर्थिक विकास कृषि र पर्यटन भएको वताउदै, यसलाई प्राथामिकता दिने उहाँको दावि छ ।

कर्णाली प्रदेशका भुमि व्यवस्था तथा सहकारि मन्त्रि विनोद कुमार शाहले जुम्लाको कृषिका लागी ईटा कसरि थप्न सकिन्छ भन्ने हिसावले अन्र्तरक्रिया गरिएको वताउनुभयो । उहाँले साविक कर्णालीको उर्वर भुमि तथा प्रकृतिले न्याय गरेको जुम्ला हो भनुहुदै, अरु जिल्लालाई पनि विस्न नमिल्ने वताउनुभयो । अशिले व्यपारिले हिमाचल प्रदेशको सिमि ल्याउने र जुम्लाको भनेर वेच्ने गरेका छ्न, त्यसैले उत्पादन वृद्धि गरेर नेपाल भरि सिमि पठाउने गरि उत्पादन गर्न उहाँको आग्रह छ । वजारको व्यवस्थापन नहुदा पनि जुम्लाले १ करोडको स्याउ निर्यात हुनु राम्रो पक्ष भएको उहाँले वताउनु भएको छ । उहाँले कर्णाली प्रदेशको कृषि रणनिति अगाडि वढेको छ। प्रदेश सरकारबाट दिने अनुदान,सिप प्रविधिबाट सबै किसान लाभान्वित हुने नीति बनाउने समेत उल्लेख गरेका छन् ।

नेपाली कांगेसका जिल्ला उपसभापति कार्मा वुढाले जुम्लामा आउने स्याउ ओखरका विरुवा ल्याउदा विज्ञसँग परिक्षण गराएर ल्याउन आवश्यकता देखिएको वताउनुभयो । अहिले कृषि अध्ययन गरि रहेका विद्यार्थिलाई विशेष छात्रवृत्रिको व्यवस्था गरेर विज्ञ जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसानका लागी विषय विज्ञको आवश्यता हुने तर्क छ । कृषि क्षेत्रको विकास गर्न तिन तहको सरकार साझा रुपमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै, कृषि विकास कार्यालय, जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार, जिल्लामा ४ हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। चालु आर्थिक वर्षमा मात्रै ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। त्यस्तै, नेकपा एमालेका नेता आदि प्रसाद न्यौपानेले राज्यले किसानका लागी स्याउमा अनुदान लगानि गरेको छ् तर स्याउका विरुवा किन्दा ११ सय पर्छ् त्यो पनि सुकेर जाने गरेको वताउनु भएको छ । कृषि विकास र स्याउ सुपरजुनले जमिनको क्षेत्रफलको आधार राखेको छ, त्यो हटाउन पर्ने वताउनुभयो । यसले गर्दा कम जमिन भएकाले अनुदान पाउन गा¥हो भएको उहाँको भनाई छ ।

त्यस्तै, किसान गोविन्द शाहीले जुम्लामा एक करोडको स्याउ ग्रेडिङ मेसिन वर्षाै पहिला स्थापना भएपनि बत्ती अभावले थन्कीएको बताउनुभयो । उहाँले ग्रेडिङ नभएकै कारण जुम्लाको स्याउले उपयुक्त मूल्य नपाईरहेको अबस्थामा प्रदेश सरकारले थन्कीएको ग्रेडिङ मेसिन संचालनमा सहयोग गर्न माग गरेका छन् । उहाँले विचौलिया किसानलाई अनुदान भन्दा साना किसानलाई सिप र प्रविधि दिनुपर्ने उल्लेख गर्नभयो ।

त्यस्तै, जिल्ला अर्गानिक मात्रै नभई हामीले अर्गानिक नखाने तर अर्गानिक मात्रै भनेर केहि फाइदा नभएको गुठिचौर एग्रोफर्मका संचालक केसि भण्डारिले वताउनुभयो । भण्डारिले सरकारले किसानलाई अव अनुदान हैन, विज्ञ दिन आवश्यकता रहेको वताउनु भएको थियो । किसानलाई तालिम भन्दा बागवानि कर्मचारि तालिम दिने र किसानको आगनमा सल्हाकारका रुपमा पठाउनु पर्ने उहाँको भनाई छ । कृषिका कर्मचारि किसानको घरमा पुग्न अवश्यकता रहेको उहाँको भनाई छ ।

त्यस्तै, जुम्लाको स्याउ सिमि र ओखर उत्पादनबाटै कर्णालीको आर्थिक विकासमा टेवा पुग्ने सम्भावना भएपनि प्रदेश सरकारले नजर अन्दाज गरेको किसान रामसिंह रावलको गुनासो छ । जुम्लामा स्याउ लगाउन सुरु भएको ६० वर्ष भएको किसान रावलले वताउनु भएको छ। हाईडेन्सिटि स्याउ लगाउनका लागी लागतको कुरा वताए मात्र किसानलाई विरुवा वितरण गनुपर्ने वताउनुभयो । जुम्लाको लागी कोल्ड च्यम्बरको आवश्यकता रहेको उहाँको भनाई छ । डाँडाँ स्याउ रोपिएका छन् त्यसका लागी सरकारले तुईनको व्यवस्था गर्नुे आवश्यकता रहेको वताउनुभयो । यसले गर्दा समय वचत हुने छ । त्यस्तै, पातारासी गाउँपालिकाका किसान लछिमन बोहराले स्याउमा रोग र किराको समस्या बढ्दै गएको बताउनुभयो । उहाँले स्याउको ग्रेडिङ, प्याकेजिङ र प्रशोधनका लागि उद्योग स्थापना गर्न जोड दिनुभयो । चन्दननाथ नगरपालिका–४ का नारायण चौलागाईंले स्याउ निर्यात गर्दा किसानले भोग्नुपर्ने समस्याबारे कुरा उठाएका थिए।

ग्ुठिचौर गाँउपालिका वडा ४ का किसान लक्ष्मि चन्द्र अधिकारिले सरकारको अनुदान पहुँचविहीन किसानसम्म पु¥याउन आग्रह गर्नुभयो । उहाँले भनुभयो “पहुँच भएकालाई अनुदान आवश्यक छैन, तर वास्तविक किसानले सुविधा नपाएको उहाँको भनाई छ ।“ किसान रत्नबहादुर भण्डारीले कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा स्याउ बजारमा लैजान कठिन भएको गुनासो गनुभयोे। उहाँले ५० वर्गमिटरमा स्याउ रोपेका किसानले पनि सरकारी सेवा उपभोग गर्न पाउनुपर्ने माग गरेका छन ।

त्यस्तै, किसान राम बहादुर महतले प्रदेश मातहतका कार्यालयले दिने अनुदानले वास्तविक किसानभन्दा बिचौलियाई फाईदा पुराएको गुनासो गर्नुभयो । उहाँले किसानले सहजै बैंकबाट ऋण नपाउ गरेको र नीतिनै किसान मैत्री नभएको आरोप लगाउनुभयो् । अब अनुदान होईन किसानलाई सिप चाहिएको भनुभयो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई जुम्लाका किसानले स्याउले बजार नपाउँदा मर्कामा परेको गुनासो गरेका छन् । उनीहरूले स्याउको मूल्य र बजार खोजिदिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।