Monday, November 2, 2026

जुम्ला जिल्लाको गुठिचौर गाँउपालिका साक्षर घोषणा गरिएको छ। औपचारिक कार्यक्रम सहित पालिकालाई जिल्लामा आठौ स्थानीय तहको रुपमा घोषणा गरिएको छ। जिल्लाका आठ स्थानीय तह मध्ये गुठिचौर अन्तिम साक्षर घोषणा भएको छ। गाँउपालिकामा रहेको कुल जनसंख्यामध्ये ९५.७३ प्रतिशत अक्षरलेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको निमित प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रशाद देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार, गुठिचौर गाउँपालिकाको साक्षरताको तथ्याङ्क बमोजिम विद्यालय तहमा अध्ययनरत विद्यार्थी संख्या प्राारम्भिक बाल विकासकामा ४२१, आधारभूत तह (कक्षा १–५), १६३३, आधारभूत तह (कक्षा ६–८) ४२२, माध्यामिक तह (कक्षा ९–१०) २६९, माध्यामिक तह (कक्षा ११–१२) ७९ गरि जम्मा २८२४ जना विद्यार्थी संख्या रहेको छ ।

यसैगरी, एस.एलसि वा एसईई उत्तीर्ण संख्या ५७१, कक्षा १२ वा प्रविणता तह ६४५, स्नातक तह १५०, स्नातकोत्तर तह ३४ जना रहेको अधिकृत विष्णु प्रशाद देवकोटाले जानकारी गराउनु भयो । १५ देखि ६० बर्षसम्मको जनसंख्याको विवरण अनुसार ६७९३ मध्ये साक्षरता ६५०३ जना र निरक्षर २९० जना रहेका छन् ।

उहाँका अनुसार गुठिचौर गाउँपालिकाको कूल जनसंख्या १० हजार ९ सय ४४ रहेको छ । जसमध्ये १५ देखी ६० वर्ष उमेर समूहका ६ हजार ७ सय ९३ मा ६ हजार ५ सय ३ जना साक्षरता कार्यक्रमबाट साक्षर भएको उहाँले वताउनु भएको छ ।, भने जस मध्ये निरक्षर २सय ९० जना रहेका छन्। नेपाल सरकारले निर्धारण गरेको १२ वटा सूचक मध्ये ६ वटा गाँउपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो।

गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले पालिकालाई साक्षर वनाउने सकल्पमा लागेको वताउदै, शिक्षाको विकासका लागी शिक्षक जिम्मेवार व्यक्ती भएको वताउनु भएको दावि गर्नुभयो । साक्षरता कार्यक्रम उहाँले अशिक्षाका विरुद्ध संगठित, सस्थागत भएर अगाडि वढने अध्यक्ष वुढाले वताउनुभयो । सवैभन्दा ठुलो हतियार शिक्षा भएको अध्यक्ष वुढाले वताउनुभयो । अध्यक्ष वुढाले भनुभयो, अशिक्षा पछौटपनको अवस्थाका विरुछ लडछौ, आम नागरिकलाई शिक्षित,समृद्ध वनाउने, प्रभाशालि वनाउने काममा अगाडि वढने उहाँले वताउनु भएको छ ।

गाउँपालिकाका अध्यक्ष बुढाले नेपाल सरकारले २०६५ देखि २०६९ सम्म पटकपटक देशैभरी १५ बर्षभन्दा माथि र ६० बर्षभन्दा मूनीका नागरिकलाई साक्षर बनाउन राष्ट्रिय साक्षरता अभियान भएको स्मरन गराउनु भयो । उहाँले २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको र २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको स्मरण गराउनुभयो ।, भने हालसम्म ६४ जिल्लामात्र साक्षरता घोषणा भएका र बाँकी १३ जिल्ला साक्षरता घोषणा हुन बाँकी रहेको उहाँको भनाई छ ।

त्यस्तै, गुठिचौर गाँउपालिका साक्षरतामा सन्तुष्ट भएको वताउदै, सवैभन्दा धेरै उच्च पदमा भएका व्यक्ती गुठिचौरमा भएको जिल्ला समन्वय प्रमुख गौरिनन्द आर्चायले वताउनुभयो । जिल्लाको शिक्षामा राजनिति नगरि परिवर्त गर्न असम्भब रहेको आचार्यले वताउनु भएको छ । उहाँले भनुभयो, घोषणा कार्यक्रमलाई घोषणमा मात्र सिमित नगरि व्यवहारमा लागू गर्न सुझाव दिनुभयो ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा १ का वडा अध्यक्ष अर्जुन कुमार महताराले साक्षरताको नाम पढने मात्र नभई सिक्नु पर्ने महत्वर्पुण भएको वताउनुभयो । उहाँले भनुभयो, हरेक कुरामा निति वनाएर मात्र हुदैन, कार्यन्वयन पक्षमा लाग्न आवश्यकता देखिएको उहाँको भनाई छ । शिक्षामा परिवर्तन गर्न गाँउपालिका गम्भिर रुपमा लागेको अध्यक्ष महताराले वताउनुभयो । शिक्षामा परिवर्तन ल्याउनका लागी दृढसंकल्प आवश्यकता रहेको उहाँको भनाई छ। पालिका भित्रका विद्यालयलाई कर्म वद्ध रुपमा शिक्षामा अगाडि सकेमा फड्को मार्ने उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा ५ का वडा अध्यक्ष कमल वहादुर महतले साक्षरता घोषणाले मात्र पुग्दैन, अव विद्यालयको गुणस्तिरिय शिक्षा कसरि प्रदान गर्न सकिने हो, त्यतातिर पालिकाले लाग्नुपर्ने वताउनु भएको छ । उहाँले अहिलेको शिक्षा व्यवहारिक हुनुपर्ने तर्क गर्नुभयो । उहाँले आगामी वर्षसम्ममा साक्षर बनाउनु सबै सरोकार भएकाहरुको दायित्व रहेको बताउनुभयो ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने छ। साक्षर पालिका घोषणा गर्दै पालिका अध्यक्ष वुढाले प्रविधिसँग खेल्नसक्ने जनशतिm तयार गर्नु प्रमुख चुनौति रहेको बताउनुभयो । गाँउपालिकाले निरक्षरलाई साक्षरता बनाउन गत आर्थिक बर्षको वैशाख देखि असारसम्म ६ जना सहजकर्ता पालिकाले खटाएको वुढाले वताउनु भएको थियो । साक्षर कार्यक्रम गाँउपालिकाको वडा १ देखि ५ सम्मा खटिएका सहजकर्ता ६ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको छ । गुठिचौर गाँउपालिका भित्रका विद्यलायका प्रधानाध्यपकहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम शैक्षिक नाटक, विद्यालयका नृत्य एकल डान्स राखिएको थियो ।