Monday, November 2, 2026

जुम्ला ः गुठिचौर महिला वहुउदेश्यिय सहकारि संस्थाको वार्षिक साधारण सभा सम्पन भएको छ । गुठिचौर गाँउपालिका वडा नम्वर ५ रहेको गुठिचौर सहकारि संस्थाले सुखि खुसिर समृद्ध गाँउपालिका निर्माण गर्ने अभियानका साथ वार्षिक साधारण सम्पन्न गरेको छ । सहकारि संस्थाले २५लाख ३२हजार ५५रुपिँया मध्य २३ लाख ७५हजार सदस्यलाई ऋण लगार्नि गरेको व्यवस्थापक विष्णु भण्डारिले जानकारि दिनु भएको छ । उहाँले ऋणबाट व्याज सहकारिमा ५हजार ८सय १०भएको छ । उहाँले लक्ष्मि सनराईज वैकमा ७० हजार३ सय५५ रुपिँया रहेको छ, भने १ देखि ५ वडा सम्मका सदस्यको वचत फिर्ता ५५ हजार ७सय, गुठिचौर महिला वहुउदेश्यिय सहकारि संस्थाको शेयर रकम २ लाख ७४ हजार ५सय,शुद्ध नाफा २४ हजार ८सय १० भएको प्रतिवेदनमा उलेख छ ।

सहकारिले २५ लाख भन्दावढि रकम पुजि संञ्चालनमा रहेको गुठिचौर महिला वहुश्यिय सहकारि संस्थाका व्यवस्थापक विष्णु भण्डारिले जानकारि दिनु भएको छ । यस गाँउपालिकाको १ देखि ५ सम्मका ३सय ५० सदस्य रहेको गुठिचौर महिला वहुउदेश्यिय सहकारि संस्थाका अध्यक्ष दुर्गा थापाले जानकारि दिनु भएको छ । सहकारि भनेको गरिवको जिवन स्थरलाई माथि उकास्ने माध्यमा भएको सवै सहकारिमा आवद्ध हुन आग्रह गर्नुभयो । गुठिचौर महिला वहुश्यिय सहकारि संस्थाले पसुपालन, कृषि व्यवसाय, वैदेशिक रोजगारमा जाने लगाएतमा सहकारिले लगानि गरेको अध्यक्ष थापाले वताउनुभयो । संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्र्ने उहाँको भनाई छ ।

त्यस्तै, गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले सहकारिले पालिकामा माग गरेका कुरालाई नाईनस्ति नर्गर्ने वताउनुभयो । उहाँले जिवनमा भैपरि आउने समस्यलाई सहयोग पु¥याउनको लागी सहकारि महत्वपुर्ण भएको वताउनुभयो । उहाँले सहकारिले समाजमा सेवा विकास गर्नुपर्ने वताउनुभयो । सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेकोमा जोड दिनु भएको छ ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि सहकारिमा गरिवले दाउरा वेचेर, वालुवा, गिटि कुदेर कमाएको पैसा सहि ठाँउमा लगानि गर्दिन आग्रह गर्नुभयो । ऋणदिदा धनि र गरिव भनेर नदिने प्रविधि देखिएकोले त्यसो नर्गन उहाँको भनाई थियो । सहकारिले असाक्षर मान्छेलाई प्रलोभनमा पारेर पैसा उठाँउने र फाइदा लिने कसैले फाईदै फाईदा पाउने नर्गर उहाँले उल्लेख गर्नुभयो। गाँउ घरका गरिवलाई एक ठाँउमा ल्याई प्रगति गर्ने आर्थिक आम्दानि पुग्ने खाल्को काम लगार्नि गर्दिन उहाँको आग्रह छ ।


यस्तै, वहुउदेश्यिय सहकारि नामको मात्र हुनु भएन गरिव जनताको सेवाको सहकारि वन्नुपर्ने गुठिचौर गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष कमल वहादुर महतले वताउनुभयो । अध्यक्ष महतले वचत गर्ने वानिको विकास गर्ने सहकारि आवश्यकता रहेकोमा जोड दिनुभयो । ऋण लिने र नदिने वानिले सहकारिको आर्थिक अवस्था बलियो वनाउन नसकिने वताउनु भएको थियो । उहाँले सहकारिले गरिवहरु साहारा भएको पनि वताउनु भएको छ ।


त्यस्तै, नेकपा एकिकृत समाजवादिका जिल्ला कमिटि सदस्य टेक वहादुर धितालले रोजगारि सृजनागर्ने खाल्को कार्यक्रम अगाढि वढाउन सुझाव दिनुभयो । उहाँले वहुउदश्यि सहकारि होला यसले गरिवलाई न्याय दिने हो, उद्योगवादि सैलिमा जानुपर्नेमा वताउदै, सानो भएपनि उद्योगमा लगार्नि गरि अगाडि वढाउनु पर्ने वताउनु भएको छ । लक्ष्य उदेश्य योजना वनाएर अगाडि वढन र आफ्नो पाटिले गर्ने सक्ने काम सहकारिले सहयोग गर्ने उहाँको भनाई छ । सहकारि संस्थामा आवद्ध भएर रकम लिनदिन कुनैकाम संचालन गर्न सहज भएको सदस्यहरुले खुशि व्यक्त गरेका छन् ।