नेकपा माओवादी केन्द्र जुम्लाले जुम्लाका ६० वटै वडामा खवरदारी सभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रले सरकार बिरूद्व जुम्लाका ६० वटै वडामा यहि कार्तिक २९ गते खबरदारी सभाको आयोजना गर्ने भएको हो ।
आज बसेको बैठकले जुम्ला जिल्लामा रहेका ६० वटै वडामा सरकार बिरूद्व खबरदारी सभा आयोजना गरि खबरदारी गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला ईन्चार्ज नरेश भण्डारीले जानकारि दिनुभयो । उहाँले जुम्ला जिल्लाका सबै पालिकाको वडामा सरकारविरुद्ध खवरदारी सभा आयोजना गर्ने घोषणा गर्ने आज वसेको वैठकबाट निर्णय गरिएको वताउनुभयो ।






