भदौ २३, जुम्ला। पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुदा जुम्लाको स्याउ बाटोमै अडकिएको छ । जुम्लाबाट स्याउ लिएर आएका गाडिको झण्डै दुई करोड बराबरको स्याउ बाटोमै अडकिएको हो ।
जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ४० देखी ४२ गाडि स्याउ बाटोमै रोकएिका छन । उहाँका अनुसार सेरावाडामा १४– १५ गाडि, भिग्ममा ७ वटा गाडि र हुल्ममा २० वटा स्याउका गाडि सड्क अवरुद्ध हुदा रोकिएका हुन । उहाँले ति गाडिमा ढुवानी गरिएको स्याउको मुल्य करिब दुई करोड ५० लाख बराबरको छ ।
किसान दिपकनाथ योगीे स्याउ बाटोमै रोकिदा कुहिने डर भएको बताउनु भयो । उहाँले आफुले पनि किसानका स्याउ लिएर आएकाले पहिरो पछिको बाटो अवरुद्ध हुदा स्याउको गाडि नाग्ममा बाटोमै थन्किएका छन । उहाँले, भन्नुभयो, बर्ष भरी स्याउ उत्पादन, संकलन गरि बजारमा लैजाने क्रममा दुईतिन दिन बाटोमा रोकिएपछि कुहिने डर भएको छ ।
दुईदिन देखी यातायात अवरुद्ध :
यता सोमवार आएको अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । दुईदिन देखी यातायात आवागमन बन्द छ । कर्णाली राजमार्ग अन्तरगत जुम्ला–कालीकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको हो । सड्क सडक डिभिजनका अनुसार कालीकोटको पिलीमा सड्क भत्केको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार पिली खण्डमा धेरै ठूलो क्षेत्रमा सड्क भत्किएको थियो त्यहाँ अस्थायी रुपमा बाटो खुलेको छ । उहाँका अनुसार कर्णाली राजमार्गको पिली सहित गगने खोला, एस मोडमा गएको पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको र जोखिम भएको थियो । कार्यालय प्रमुख महताराले जुम्ला देखी मान्म सम्म बाटो खुलाईएको छ । गगने खोलामा आजै खुलाउने तयारीमा लागि रहेका छौ ।
उहाँका अनुसार एस मोडमा पहिरो तथा ढुंगा आउँदा सडकमा ठूलो क्षति पुगेको छ । गगने खोलामा लेदो सहितको पहिरो आईरहेको छ । उहाँका अनुसार सडक खुलाउन कार्यालयबाट मेसिन तथा प्राविधिक टोली साइटमै तैनाथ भई काम भईरहेको छ । कार्यालयले सूचना जारी गरेर “लेदो, ढुंगा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा सडकको धेरै क्षति भएको जानकारी गरेको छ । सड्कले हाल राजमार्गको अवस्था जोखिमपूर्ण तथा पूर्णरुपले अवरुद्ध रहेको हुँदा सडक सुचारु भएको आधिकारिक सूचना जारी नभएसम्म यस सडक खण्डमा यात्रा नगर्न सम्पूर्ण यात्रु तथा सर्वसाधरणमा अनुरोध गरिएको छ ।
गरेका छौं ।” वर्षा याममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकोले अत्यावश्यक अवस्थामा समेत यात्रा गर्दा विशेष सावधानी र सुरक्षा अपनाउन जानकारी गरिएको कार्यालय प्रमुख महताराले बताउनुभयो । अवरुद्ध सडक सुचारु गराउन उच्च प्राथमिकताका साथ निरन्तरता दिईएपनि आवागमन हुन तीन दिनसम्म लाग्न सक्ने कार्यालयले जनाएको छ ।
यता जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड्क अवरुद्ध भएर सञ्चालन हुन केही दिन लाग्ने भएको जानकारी दिनुभयो । उहाँका अनुसार यात्रा गर्न सड्क डिभिजन कार्यालय सँग समन्वय गरेर मात्र यात्रा तय गर्न सूचना जारी गरेको छ ।






