Sunday, August 23, 2026 | 11:42:28 PM

राम प्रकाश विक, जुम्ला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जुम्लाले आफ्ना निष्ठावान कार्यकर्ता तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर शाहीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । गुठिचौर गाउँपालिका वडा नं ५ कुम्डी निवासी स्व. शाहीको निधनले सिंगो पार्टी परिवार स्तब्ध भएको नेकपा जुम्लाद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । नेकपा गुठिचौर गाउँपालिका कमिटीले जारी गरेको हार्दिक श्रद्धाञ्जली तथा समवेदना पत्रमा स्व। शाहीको पार्टी र आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भनिएको छ, रण बहादुर शाही र आमा धनलक्ष्मी शाहीका छोरा हुनुभएका उहाँको निधनले कम्युनिष्ट आन्दोलनले एक जुझारु र निष्ठावान नेता गुमाएको छ ।

शाहीको अन्तिम संस्कार जुम्लाको तिला नदीको किनारमा पार्टीको सम्मानसहित सम्पन्न गरिएको छ । पार्टीका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थितिमा सम्पन्न अन्तिम संस्कार कार्यक्रममा स्व। शाहीको पार्थिव शरीरमा नेकपाको हँसिया हथौड़ा अंकित झण्डा ओढाएर अन्तिम सम्मान प्रदान गरिएको थियो ।

अन्तिम संस्कार समारोहमा उपस्थित नेकपा गुठिचौर गाउँपालिका कार्यवाहक अध्यक्ष तथा गाउँ कमिटी अध्यक्ष जितेन्द्र लामाले शाहीको निधन पार्टीका लागि अपूरणीय क्षति भएको बताए । सुर्य बहादुर शाही एक कुशल संगठक र इमानदार कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टी र जनताको पक्षमा अडिग रहेर काम गर्नुभयो, लामाले भने, उहाँको निधनले गुठिचौर गाउँपालिका मात्र होइन, सिंगो जुम्ला जिल्लाको पार्टी संगठनलाई ठूलो धक्का लागेको छ । हामी उहाँको अधुरा सपना पूरा गर्न प्रतिबद्ध छौँ ।ू

यस दुखद घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतकको चिरशान्तिको कामना गरिएको छ । ूयो पीडादायी क्षणमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ,ू विज्ञप्तिमा भनिएको छ ।

शाहीको निधनप्रति पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले फेसबुक, ट्विटर लगायतका सामाजिक संजालहरूमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारको क्रममा खिचिएका तस्बिर र भिडियोहरू पनि सामाजिक संजालमा भाइरल भएका छन्, जसमा पार्टीको झण्डाले बेरेको शाहीको पार्थिव शरीर र शोकाकुल भीड देखिन्छ ।

एक समर्पित कार्यकर्ताको कहानी

सुरे शाही उपनामले चिनिने सुर्य बहादुर शाही जुम्लाको कुम्डीमा जन्मेका थिए । सानैदेखि अन्याय र अत्याचारको विरुद्धमा बोल्न रुचाउने शाही कम्युनिष्ट विचारधाराबाट प्रभावित भई पार्टीमा लागेका थिए । उनी पार्टीको हरेक गतिविधिमा अग्रपंक्तिमा रहन्थे र गाउँगाउँमा पुगेर संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी एक मिलनसार र सरल व्यक्तित्वका धनी थिए, जसले गर्दा उनलाई स्थानीय मानिसहरूले निकै सम्मान गर्थे । शाहीको निधनले एउटा समर्पित कार्यकर्ताको यात्रा सकिएको भए पनि उनले पार्टी र समाजको लागि पुर्याएको योगदान सधैँ स्मरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय