Sunday, August 23, 2026 | 11:42:40 PM

​सागर पाजडी,जाजरकोट,भदौ २ । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा परेका जाजरकोटका विपद् प्रभावितहरूलाई तत्काल अस्थायी आवास तथा राहत सामग्री वितरण गरिएको छ। पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भेरी नगरपालिकाका ३० घरधुरीलाई करिब ५ लाख ३४ हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको हो।

​गत साउन ३० गतेदेखि परेको अविरल वर्षाले भेरी नगरपालिकाका वडा नं. १, २, ३ र ४ लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरण अनुसार बाढी र पहिरोका कारण ४ जनाको ज्यान गइसकेको छ भने २५ घरधुरीका मानिसहरू घाइते भएका छन्। हालसम्म करिब ३०० घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

​राहत पाएका भेरी नगरपालिका–२ रिसाङ (१५ घरधुरी) र वडा नं. ३ स्याला (१५ घरधुरी) लाभान्वित भएका छन्। भने लाभामित परिवारले​ त्रिपाल, भाँडाकुँडा, सरसफाइका सामान (हाइजिन किट) र ब्ल्याङ्केट लगायतका अस्थायी बसोबासका लागि अत्यावश्यक सामाग्री पाएका हुन्।

पाउने परिवारले लगभग ५ लाख ३४ हजार बराबरको सामग्री वितरण गरिएको हो। ​

​वर्षाका कारण बस्ती नै जोखिममा परेका परिवारलाई तत्काल ओत लाग्ने ठाउँ र दैनिक गुजाराका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले यो राहत सामग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो।

​पहिरोका कारण विस्थापित भएका बस्तीहरूमा अहिले खाद्यान्न, सुरक्षित बासस्थान, शुद्ध खानेपानी र औषधि उपचारको गम्भीर समस्या देखिएको छ। जोखिमपूर्ण क्षेत्रमा उद्धार तथा राहत वितरणको काम अहिले पनि निरन्तर जारी छ। स्थानीय प्रशासन, स्वयंसेवी संस्था र राहत निकायहरूले संकटको यस घडीमा थप सहयोगका लागि समन्वय गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय