Sunday, August 23, 2026 | 11:42:40 PM

सागर पाहडी, जाजरकोट । लगातारको अविरल वर्षाका कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा लेदोसहितको भीषण पहिरो जाँदा धनजनको ठूलो क्षति भएको छ। पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार घाइते भई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर (नेपालगन्ज) रिफर गरिएका भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारकै क्रममा मृत्यु भएको छ।

​यसैगरी पहिरोमा बेपत्ता भएका ४ जनामध्ये खोजी टोलीले भेरी-२ कै ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला पारेको छ। योसँगै घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको हो।

पहिरोमा परि अझै दुई जना बेपत्ता रहेका छन् (७० वर्ष)  भेरी नगरपालिका–२, चिसापानी ​भिम बहादुर कार्की र (१४ वर्ष)  भेरी नगरपालिका, गैरीगाउँ ​हरिस बिक ​बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जाजरकोट (सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली) को संयुक्त सुरक्षा दस्ता घटनास्थलमा खटिएको छ।

पहिरोमा परी सोही क्षेत्रका ७ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ​ (गम्भीर – नेपालगन्ज/सुर्खेत प्रेषित) ६२ वर्षीय राम बहादुर शाही,(गम्भीर – नेपालगन्ज/सुर्खेत प्रेषित) ​६१ वर्षीया भद्रकला कार्की , ​४५ वर्षीय सिद्धि बहादुर कामी, ​५८ वर्षीया कमला कार्की, ​२३ वर्षीया अनिता कार्की, ​१० वर्षीय युनिस शाही र ​४५ वर्षीया सुन्तली चदरा गम्भीर घाइते राम बहादुर शाही र भद्रकला कार्कीलाई थप जटिल उपचारका लागि सुर्खेत र नेपालगन्जतर्फ पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

​अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य कठिन भए पनि सुरक्षा निकाय र स्थानीयवासी निरन्तर खोजीकार्यमा जुटिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय