राम प्रकाश विक, जुम्ला साउन १६ गते । जुम्लाको गुठीचौर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीलाई गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा स्थानीयवासीले भव्य स्वागत तथा बधाई ज्ञापन गरेका छन्। शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच पदभार ग्रहण तथा शपथ ग्रहण सम्हाल्नुभएकी कार्यवाहक अध्यक्ष भण्डारीलाई गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरूले दोसल्ला, खदा र माला पहिराएर भब्य स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहनुभएकी भण्डारीले विशेष नीतिगत र कानुनी प्रक्रियाका कारण कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको बताउनुभयो। पदभार ग्रहण गर्दै उहाँले पूर्वअध्यक्षले अघि सारेका जनहितकारी एवं दूरदर्शी योजनाहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।



कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “गुठीचौरलाई समृद्ध र नमुना पालिका बनाउने दायित्व हामी सबैको हो। समृद्ध गुठीचौर निर्माणको यो अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र आम गाउँपालिकावासीको पूर्ण साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु।”
सामाजिक सञ्जालमा शुभकामना र सुझावको ओइरो भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायत मार्फत बधाईको ताँती लागेको छ। विभिन्न राजनीतिक दलका नेता(कार्यकर्ता, बुद्धिजीवी, युवा तथा सर्वसाधारणले उहाँलाई बधाई दिँदै गाउँपालिकामा सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, सडक र पर्यटकीय विकासका लागि सकारात्मक सल्लाह र सुझावहरू समेत पठाउन थालेका छन्।
कर्मचारी, जनप्रतिनिधि र स्थानीयको चौतर्फी साथ एवं सामाजिक सञ्जालमार्फत प्राप्त जनविश्वासले आफूलाई अझ बढी जिम्मेवार बनाएको बताउँदै उहाँले जनचाहना अनुसार नै अघि बढ्ने सङ्कल्प गर्नुभएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले शुक्रबार एक विशेष समारोहका बीच शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको छ। शुक्रबार आयोजित कार्यक्रममा पालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयबासीहरूले उहाँलाई भव्य स्वागत तथा सम्मान व्यक्त गर्नुभएको छ।
कार्यवाहक अध्यक्ष भण्डारीले केही नीतिगत र कानुनी प्रक्रियाका कारण मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छु। अध्यक्षज्यूले सुरु गर्नुभएका विकास निर्माण र सुशासनका योजनाहरूलाई म मर्मसहित निरन्तरता दिनेछु। गुठीचौर समृद्ध बन्छ र हामी सबै मिलेर बनाउने हो। यसमा सबैको साथ र सहकार्य अपरिहार्य छ।
उहाँले कार्यभार सम्हालेसँगै फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दल, बुद्धिजीवी र स्थानीयवासीहरूले बधाई ज्ञापन गर्नुका साथै समृद्ध गुठीचौर निर्माणका लागि विभिन्न महत्त्वपूर्ण सल्लाह र सुझावहरू दिइरहनुभएको छ। प्राप्त जनविश्वास, चौतर्फी सहयोग र रचनात्मक सुझावहरूलाई आत्मसात गर्दै उहाँको नेतृत्वमा गुठीचौरले समृद्धिको नयाँ उचाइ चुमोस्।



