Sunday, August 23, 2026 | 10:44:17 PM

जुम्ला । दुर्गम कर्णालीवासीका लागि स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको धरोहर मानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९प्ब्ज्क्० को सेवा प्रवाह, पूर्वाधार विकास तथा भावी कार्यदिशाबारे जिल्ला प्रशासन कार्यालय जुम्लाले चासो देखाएको छ।

बुधबार जुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तेजप्रकाश प्रसाईले प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै त्यहाँ भइरहेका समग्र गतिविधिको विस्तृत जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा। डा। सूर्यमान मेन्याङ्बो तथा निमित्त अस्पताल निर्देशक एसोसिएट प्रा. डा. विनम्र बिष्टले प्रजिअ प्रसाईलाई प्रतिष्ठानको वर्तमान वस्तुस्थिति प्रस्तुत गर्नुभयो।

उहाँहरूले प्रतिष्ठानमार्फत हाल सञ्चालन भइरहेका स्वास्थ्य सेवा, उच्चस्तरीय चिकित्सा शिक्षाका कार्यक्रम, हालसम्म हासिल भएका महत्वपूर्ण उपलब्धिहरू र आगामी दिनमा अघि बढाइने विकास योजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो।

सो क्रममा उपकुलपति डा. मेन्याङ्बो र निमित्त निर्देशक डा. बिष्टले भन्नुभयो, कर्णाली क्षेत्रका नागरिकलाई आधुनिक तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु र चिकित्सा शिक्षालाई अझ प्रभावकारी बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। संस्थागत क्षमता अभिवृद्धिका लागि प्रतिष्ठानले विभिन्न सुधारात्मक कदमहरू अघि बढाइसकेको छ।ू

प्रतिष्ठानको निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले भौगोलिक रूपमा विकट मानिने कर्णाली क्षेत्रमा प्रतिष्ठानले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गरेर प्रतिष्ठानले स्थानीय नागरिकको जीवनमा ठूलो राहत पुर्‍याएको उहाँको भनाइ थियो।

सेवा प्रवाहलाई अझ सहज र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिँदै प्रजिअ प्रसाईले भन्नुभयो, प्रतिष्ठानका सेवाहरूलाई अझ प्रभावकारी, प्रविधिमैत्री र आम नागरिकको सहज पहुँचभित्र ल्याउन आवश्यक छ। यसका लागि जिल्ला प्रशासनको तर्फबाट हुनुपर्ने आवश्यक समन्वय र सहकार्य सधैँ निरन्तर रहनेछ।

अनुगमन कार्यक्रममा नेपाली सेनाको देवीदत्त गणका गणपति प्रमुख सेनानी राजु केसी र जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालको समेत विशेष उपस्थिति रहेको थियो।

सरोकारवाला निकायहरूबीच भएको यस अनुगमन र छलफललाई प्रतिष्ठानको समग्र अवस्था, सेवाको गुणस्तर र भावी कार्यदिशाबारे आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने एक महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय