सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। शाहीले नेकपा १४ र एमालेको १० सांसदको समर्थनसहित मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।



प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ ९२० अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए ।
शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । उनले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् । नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिएकी छन् ।
यसअघि कर्णालीमा कालीकोटका महेन्द्रबहादुर शाही, हुम्लाका जीवनबहादुर शाही, रुकुमपश्चिमका राजकुमार शर्मा र सुर्खेतका यामलाल कँडेल मुख्यमन्त्री बनिसकेका छन् ।



