Sunday, August 9, 2026 | 10:23:35 PM

मुगु, साउन ५ गते । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णालीको ुलाइफलाइनु मानिने कर्णाली राजमार्गलाई चार लेनमा विस्तार गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजमार्गको वास्तविक अवस्था बुझ्न सोमबार मुगु आइपुग्नुभएका मन्त्री लम्सालले सो कुरा बताउनुभएको हो।

गमगढीस्थित अनुसाटप होटलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले कर्णाली राजमार्गलाई सुरक्षित, स्तरीय र आधुनिक सडकका रूपमा विकास गर्न सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयोस्

ूकर्णालीको विकासका लागि दिगो पूर्वाधार आवश्यक छ। दीर्घकालीन योजनाअनुसार कर्णाली राजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्यसहित आवश्यक अध्ययन र प्रक्रियालाई तत्काल अघि बढाइनेछ। कार्यक्रममा मुगुका स्थानीय जनप्रतिनिधि, उद्योगी र व्यवसायीहरूले जिल्लाको सडक पूर्वाधार र पर्यटन विकासका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए।

स्थानीय पूर्वाधार र पर्यटन प्रवर्द्धनको माग ताल्चादेखि सात मोडसम्मको सडक खण्डलाई तत्काल कालोपत्रे गर्नुपर्ने, पिना–बालै–गमगढी सडक खण्डको विस्तार गरिनुपर्ने, रारा भ्रमणमा आउने पर्यटकहरूलाई कम्तीमा एक रात गमगढीमा बस्ने वातावरण सिर्जना गर्न आवश्यक पर्यटन पूर्वाधारको विकास गर्नुपर्ने।

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले जिल्लाको व्यापार–व्यवसायलाई चलायमान बनाउन र पर्यटन प्रवर्द्धनका लागि सडक पूर्वाधारको विकास अपरिहार्य रहेको कुरामा जोड दिनुभयो।

यसैगरी सोरु गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले पनि सडक विस्तार, स्तरोन्नति र पुल निर्माणलगायतका विभिन्न विकास निर्माणका मागहरू मन्त्रीसमक्ष राखेका थिए।

स्थानीय तह, जनप्रतिनिधि र व्यवसायीहरूबाट प्राप्त सुझाव तथा मागहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री लम्सालले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी ती मागहरूलाई छिटोभन्दा छिटो कार्यान्वयनको चरणमा लैजाने विश्वास दिलाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय