Sunday, August 9, 2026 | 9:56:42 PM

सागर बिक जाजरकोट, २९ असार । जाजरकोटमा अविरल वर्षासँगै आएको पहिरोले अस्थायी आवास (टहरा) पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनालाई सकुशल उद्धार गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते (हिजो) भएको अविरल वर्षाका कारण भेरी नगरपालिका वडा नं. २, राङ्सी बस्ने अन्दाजी ६० वर्षीया जयशीला शाहको मृत्यु भएको हो। माथिबाट खसेको पहिरोले शाहको अस्थायी आवास पुरिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

छोरी र नातिनीको सकुशल उद्धार

पहिरोमा परी सोही टहरामा रहेका अन्य दुई जना भने सुरक्षित रहन सफल भएका छन्। मृतक जयशीलाकी अन्दाजी ४० वर्षीया छोरी मेनुका शाह थापा र अन्दाजी ७ वर्षीया नातिनी टिका थापाको भने सकुशल उद्धार गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काद्वारा जारी प्रेस विज्ञप्ति अनुसार घटना लगतै उद्धार टोली खटिएर उनीहरूलाई सकुशल बाहिर निकाल्न सफल भएको हो। वर्षायाम सुरु भएसँगै प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय