राम प्रकाश बि.क, ​जुम्ला, १८ असार । कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको गुठिचौर गाउँपालिकाले सार्वजनिक बिदाका दिन पनि आफ्ना सम्पूर्ण सरकारी कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, धलमुडीले आज एक आधिकारिक सूचना पत्र जारी गर्दै यस कुराको जानकारी गराएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाद्वारा हस्ताक्षरित सूचना अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन भई सम्झौता भएका विभिन्न आयोजना तथा योजनाहरूको भुक्तानी प्रक्रियालाई छिटो-छरितो र सहज बनाउन यो कदम चालिएको हो।

​आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानी चाप बढ्ने र सेवाग्राहीलाई झन्झट नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले बिदाको दिनमा समेत सेवा सुचारु राख्न लागेको देखिन्छ।

 

​असार २० र २१ गते सम्पूर्ण शाखाहरू खुल्ला रहने

​सूचनामा उल्लेख भए अनुसार आगामी असार महिनाको २० र २१ गते (शनिबार र आइतबार) सार्वजनिक बिदा परे तापनि गाउँपालिकाका ​सम्पूर्ण विषयगत शाखाहरू, र ​सबै वडा कार्यालयहरू ​पूर्ण रूपमा खुल्ला रहनेछन्।

यस निर्णयबाट योजनाका उपभोक्ता समिति तथा सरोकारवालाहरूले समयमै र सहजै भुक्तानी प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।

​गाउँपालिकाले यो सूचना सर्वसाधारण र सरोकारवाला सबैको जानकारीका लागि वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत समेत सार्वजनिक गर्न सूचना प्रविधि शाखालाई निर्देश गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय