जुम्ला, १७ असार । जिल्लाको चन्दननाथ नगरपालिकामा बिहीबार दिउँसो भीषण चट्याङ पर्दा स्थानीय किसानका १२ वटा खसी-बाख्राको घटनास्थलमै मृत्यु भएको छ।

​चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहरागाउँस्थित सिद्धी गणेश सामुदायिक वनमा बाख्रा चरिरहेको अवस्थामा दिउँसो करिब ३:३० बजे अचानक चट्याङ परेको थियो। चट्याङका कारण ठूलो संख्यामा पशुचौपायाको क्षति भए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

​स्थानीय प्रत्यक्षदर्शी दलबहादुर कामीका अनुसार चट्याङका कारण सोही गाउँका ५ जना किसानका बाख्राहरू मरेका छन्। सोही गाउँका ​सिंह नेपाली ६ वटा बाख्रा, ​धनराज वि.क. ३ वटा बाख्रा, ​दलबहादुर कामी १ वटा बाख्रा, ​जोती नेपाली १ वटा बाख्रा र ​गोबी सार्की १ वटा बाख्रा मरेका छन्।

​घटना लगत्तै स्थानीय दलबहादुर कामीले साँझ ६:०० बजे टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएका थिए।

​”चट्याङ परेर बाख्रा मरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एउटा विशेष टोली घटनास्थलतर्फ परिचालन भइसकेको छ,” जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (प्रहरी उपरीक्षक) छिरञ्जीवी दाहालले भन्नुभयो, “प्रहरी टोलीले घटनास्थलको वस्तुस्थिति बुझ्ने, मुचुल्का तयार पार्ने र थप विवरण संकलन गर्ने कार्य गरिरहेको छ।”

 

​विपन्न परिवारका किसानहरूले जीविकोपार्जनका लागि पालेका बाख्राहरू एकैपटक चट्याङ लागेर मरेपछि पीडित परिवार शोकमा परेका छन्। स्थानीयले पीडित किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै यस क्षेत्रमा चट्याङको जोखिम बढ्दै गएकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय