जाजरकोट, १२ असार । जाजरकोटको नलगाड नगरपालिकाको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने उद्देश्यले रु। २३ लाख ६० हजार बराबरको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘प्रतिबद्ध’ परियोजनाअन्तरगत उक्त सामग्री पालिकालाई हस्तान्तरण गरिएको हो ।

 

गुठीचौर गाउँपालिका ५ को सुचना

पिपल ईन निड प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीका अनुसार हस्तान्तरित सामग्रीहरूमा पारिवारिक टेन्टस् २७ वटा, गैर–खाद्य राहत सामग्री सेटस् १४० थान, मर्यादा किट (डिग्निटी किट) १४० थान, वेयरहाउस प्यालेटस् २० थान आगामी हप्ता स्थानीय तहलाई हस्तान्तरण गरिने भएको छ।

 

ूस्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले यो सामग्री हस्तान्तरण गरिएको हो,ू संयोजक अधिकारीले भन्नुभयो, ूआगामी दिनमा थप रु। १ लाख ४० हजार बराबरका वेयरहाउस प्यालेट समेत उपलब्ध गराउनेछौं ।ू

यो सहयोग ‘क्राइसिस मोडिफायर’ पहलअन्तरगत प्रदान गरिएको हो । उक्त पहलमार्फत बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा करिब रु। २ करोड ४८ लाख बराबरका राहत सामग्री पूर्व–भण्डारण गर्ने कार्य भइरहेको छ । यसमा जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकासहित सिन्धुपाल्चोक, रसुवा, प्युठान र बझाङका स्थानीय तहहरू समेटिएका छन् ।

भूकम्प, बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्रीहरू नगरपालिकाको गोदाममा पूर्व–भण्डारण गरिने जनाइएको छ । विपद्को उच्च जोखिममा रहेको नलगाड नगरपालिकामा राहत सामग्री स्थानीयस्तरमै उपलब्ध हुँदा प्रभावित परिवारहरूलाई आवश्यक सहयोग समयमै पुग्ने नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले बताउनुभयो । उहाँका अनुसार गैर–खाद्य राहत सामग्री प्राप्त भइसकेकाले निकट भविष्यमै कार्यविधि बनाएर यसलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याइनेछ ।

हस्तान्तरण गरिएका सामग्रीमध्ये गैर–खाद्य राहत सामग्री सेटले आपतकालीन अवस्थामा घरायसी प्रयोजनमा सघाउनेछ भने मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरूको व्यक्तिगत सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग पु¥याउनेछ । त्यस्तै, वेयरहाउस प्यालेटले राहत सामग्रीलाई सुरक्षित भण्डारण गर्न र गोदाम व्यवस्थापनलाई व्यवस्थित बनाउन मद्दत गर्नेछ ।

 

राहत सामग्रीको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न परियोजनाले स्थानीय तहका प्रतिनिधिहरूलाई गोदाम व्यवस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिसकेको छ । तालिममा अभिलेख व्यवस्थापन, भण्डारण मापदण्ड, सामग्री मर्मत तथा परिचालन प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो ।

परियोजनाले राहत सामग्री काठमाडौंबाट नलगाड नगरपालिकाको आपतकालीन गोदामसम्म सुरक्षित रूपमा ढुवानी गर्न समेत सहयोग गरेको छ । हस्तान्तरण कार्यक्रममा पिपुल इन नीडका प्रतिनिधि, स्थानीय सरकारका अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य, स्थानीय समुदायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय