राम प्रकाश बिक

जुम्ला,  जेठ २३ गते । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) चिरञ्जीवी दाहालले आज जिल्लाका विभिन्न प्रहरी एकाइहरूको आकस्मिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

जनहितकारि सुचना

​जिल्ला प्रहरी प्रमुख दाहालले प्रहरी चौकी हाकु, लिताकोट, कुडारी र अस्थायी प्रहरी पोष्ट ताम्तीको स्थलगत निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले सम्बन्धित एकाइका इन्चार्जहरूसँग भेटघाट गरी प्रहरीले सम्पादन गरिरहेका नियमित कामकारबाही, सेवा प्रवाहको अवस्था र कार्यालयमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी लिनुभयो।

​निरीक्षणका क्रममा निर्देशन दिँदै प्र.ना.उ. दाहालले नेपाल प्रहरी सरकारको तल्लो तहसम्म पुगेर ‘फ्रन्ट लाइन’मा रही काम गर्ने मुख्य सुरक्षा निकाय भएको स्पष्ट पार्नुभयो। उहाँले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन निम्न बुँदाहरूमा जोड दिनुभयो, पीडितहरूले प्रहरी सेवा लिन कुनै पनि प्रकारको झन्झट व्यहोर्न नपरोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोस्।

​ प्रहरी सेवा लिन अरू कसैको सहारा लिनुपर्ने वा बिचौलियाको भूमिका रहनुपर्ने परम्परालाई पूर्ण रूपमा निरुत्साहित गर्दै पीडित आफैंले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुहोस्।

​ यदि कुनै पीडित वा सेवाग्राही आफ्नो गुनासो, निवेदन वा उजुरी लिएर इन्चार्ज समक्ष आउन चाहेमा, जुनसुकै समयमा पनि सहज पहुँचको व्यवस्था मिलाउनुहोस्।

​ प्रहरी सेवालाई पूर्ण रूपमा नागरिकमैत्री र भरोसायोग्य बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको छ।

​जिल्ला प्रहरी प्रमुखको यो निरीक्षणले दुर्गम क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै सेवा प्रवाहमा थप जवाफदेहिता र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय