जुम्ला, जेठ १६ । जुम्लाको विकट भूगोलमा आधुनिक कृषि प्रणालीको सफल अभ्यास गर्दै आएका ‘हिमाली टि एण्ड एन एग्रो फर्म’का सञ्चालक टंक गिरि ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

​नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयले कृषि क्षेत्रको व्यावसायीकरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै गिरिलाई दुई लाख रुपैयाँ नगद सहित सो पुरस्कार प्रदान गरेको हो।

जनहितकारि सुचना

​जुम्लाको प्रतिकूल हावापानी र सीमित स्रोतसाधनका बीच गिरिले कृषि क्षेत्रमा गरेको काम उदाहरणीय छ। उनको फर्मले विशेष गरी व्यावसायिक स्याउ खेतीलाई आधुनिक प्रविधिसँग जोडेको छ। १४ हजारभन्दा बढी स्याउका बिरुवा रोपेर उनले व्यावसायिक बगैंचा विकासमा नयाँ मानक स्थापित गरेका छन्।

 वैदेशिक रोजगारीको लहलहैमा विदेशिनुको साटो आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण उनले प्रस्तुत गरेका छन्।

​ उनी केवल आफैं उत्पादनमा केन्द्रित छैनन्, बरु स्थानीय कृषकहरूलाई तालिम, प्राविधिक परामर्श र बीउबिजनको सहयोग उपलब्ध गराउँदै एक कुशल नेतृत्वकर्ताका रूपमा परिचित छन्।

​पुरस्कार ग्रहण गरेपछि खुसी व्यक्त गर्दै गिरिले भने, “यो मेरो व्यक्तिगत सफलता मात्र होइन, बरु कर्णालीको माटो र यहाँका मेहनती किसानको सम्मान हो। कृषिमा राज्यको साथ र थप लगानी हुने हो भने मुलुकलाई आत्मनिर्भर बनाउन धेरै समय लाग्दैन।”

 

​कृषि विज्ञहरूका अनुसार, गिरिको यो सम्मानले जुम्लाको कृषि सम्भावनालाई राष्ट्रिय मञ्चमा स्थापित गरेको छ। परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यावसायिक बाटोमा डोर्‍याउन उनको योगदान कोशेढुंगा सावित भएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

​ टंक गिरि (हिमाली टि एण्ड एन एग्रो फर्म)टंक गिरि​ राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट २,००,०००।– (दुई लाख) पुरस्कार प्राप्त गर्नुभएको छ।

​ उच्च मूल्यका कृषि उत्पादन, रोजगारी सिर्जना र व्यावसायिक बगैंचा विकास उहाँको योगदान रहेको छ।

​यो समाचारले कर्णालीका हजारौं युवाहरूलाई कृषि उद्यमशीलतामा लाग्न थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपालको कृषि क्षेत्रको गौरवमय यात्रामा टंक गिरिको योगदान सधैं प्रेरणादायी रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय