कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१, बजेरीचौरमा शनिबार दिउँसो भएको भीषण ट्याक्टर दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

​नाग्माबाट बजेरीचौरतर्फ जाँदै गरेको से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दिउँसो करिब १२:४० बजेको समयमा विपरीत दिशाबाट आइरहेको अर्को ट्याक्टरलाई साइड दिने क्रममा अनियन्त्रित भई ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो।

जनहितकारि सुचना

​दुर्घटनामा परी घाइते ​भक्तबहादुर सुनार (चालक) २४ वर्षीय सुनार, जुम्लाको चन्दननाथ नगरपालिका–९ निवासी हुन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। ​नरेश पाण्डे (ट्याक्टर धनी)३५ वर्षीय पाण्डे, डडेलधुराको अमरगढी नगरपालिका–८ निवासी हुन्। उनको अवस्था पनि गम्भीर रहेको छ।

​घटनालगत्तै उद्धारका लागि पुगेको प्रहरीले दुवै घाइतेलाई तत्काल एम्बुलेन्स सेवामार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाएको छ।

​दुर्घटनास्थल प्रहरी चौकी नाग्मागाडबाट करिब ६ किलोमिटर उत्तरमा पर्दछ। हाल प्रहरी सहायक निरीक्षक वीरसिंह रावलको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगी घटनाको विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। ​यस घटनाबारे थप विवरणहरू आउने क्रममा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय