​जुम्ला । कर्णालीको सिँजा उपत्यकाको रैथाने बाली र मौलिक स्वादको खोजीमा रहनुभएका उपभोक्ताका लागि खुसीको खबर छ। सिँजा गाउँपालिकाको विशेष सहकार्यमा अब हरेक शनिवार काठमाडौँमा ‘स्थानीय उत्पादन तथा मौलिक परिकार प्रवर्द्धन मेला’ आयोजना हुने भएको छ।

जनहितकारि सुचना

​सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले काठमाडौँवासीलाई सिँजाको शुद्ध र अर्गानिक स्वाद चाख्न विशेष आग्रह गर्नुभएको छ। “सिँजाको उत्पादन, भोजनको स्वाद” भन्दै अध्यक्ष धितालले सबैलाई चुलोको निम्तो दिनुभएको छ। उहाँका अनुसार यो अभियानले कर्णालीका किसानले दुःख गरेर उत्पादन गरेका खाद्यान्नलाई सीधै उपभोक्ताको भान्छासम्म पुर्‍याउने र मौलिक परिकारको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

 

​के-के पाइन्छ मेलामा?

​नयाँ बानेश्वरस्थित ‘मौलिक भान्छाघर’ मा आयोजना हुने यस मेलामा कर्णालीको माटोमा फलेका उच्च गुणस्तरीय खाद्यवस्तुहरू उपलब्ध हुनेछन्। विशेष गरी, ​सिमी दाल, ​मार्सी चामल, ​चिनो र कागुनो, ​फापर पाइने भएको छ।

​यी रैथाने बालीहरूबाट तयार पारिएका १४ प्रकारका मौलिक परिकारहरूको स्वाद लिन पाइनेछ।

​समय: हरेक हप्ताको शनिवार, बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र मौलिक भान्छाघर, नयाँ बानेश्वर, काठमाडौँ।

​विशेष सुविधा:: मेलामा दर्ता गर्नेहरूले उत्पादन तथा बुफे (Buffet) मा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

​थप जानकारीका लागि: ९८०१२८२८८८ वा ९८०१२८२८८९ मा सम्पर्क गर्न सकिनेछ।

​डिग फर नेपाल र मौलिक बजारको आयोजनामा सुरु भएको यो मेलाले कर्णालीको कृषि उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय