जुम्ला, १२ जेठ । गुठीचौर गाउँपालिकाले वडा नं ४ मा ‘सुनौला हजार दिनका आमा तथा किशोरीहरूका लागि सचेतना अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ। पोषण, खानेपानी, सरसफाइ र सामाजिक व्यवहार परिवर्तनका क्षेत्रमा स्थानीयलाई सक्षम बनाउने उद्देश्यले आयोजित कार्यक्रममा किशोरी र नवआमाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​कार्यक्रममा पोषणको महत्व र स्वस्थ जीवनशैली अपनाउने तरिकाबारे जानकारी गराइएको थियो। विशेष गरी गर्भधारणदेखि बच्चा २ वर्षको नहुञ्जेलसम्मको ‘सुनौला हजार दिन’ को महत्वलाई बुझाउन जोड दिइएको छ।

जनहितकारि सुचना

​पोषण कार्यकर्ता जगि ढकाल (धिताल) ले कार्यक्रमको सान्दर्भिकता प्रष्ट पार्दै भन्नुभयो, ​”एउटा स्वस्थ समाजको जग भनेकै स्वस्थ आमा र बालबालिका हुन्। हामीले किशोरी अवस्थादेखि नै पोषण र सरसफाइको चेतना विकास गर्न सकेमात्र भोलिको पुस्तालाई कुपोषणबाट बचाउन सकिन्छ। अहिलेको यो सचेतनाले आमाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने र सुनौला हजार दिनलाई साँच्चिकै सुनौलो बनाउन सहयोग पुग्ने हाम्रो विश्वास छ।”

​वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिको आयोजनामा सम्पन्न यस कार्यक्रमले गाउँपालिकाभित्र स्वास्थ्यका सूचकहरूमा सुधार ल्याउने लक्ष्य राखेको छ। कार्यक्रमले स्थानीयस्तरमा स्वस्थ व्यवहार अपनाउन र पोषणयुक्त आहारको सुनिश्चितता गर्न प्रोत्साहन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय