रामप्रकाश बिक जुम्ला, १२ जेठ । गुठीचौर गाउँपालिका वडा नं. ४ ले गर्भवती महिला र किशोरीहरूको पोषण अवस्था सुधार गर्ने उद्देश्यले एक विशेष सचेतना तथा पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

​’सबैको लागि पोषण, सधैंको लागि पोषण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वडाका ८२ जना गर्भवती महिला र १२ जना किशोरीहरूलाई अण्डा वितरण गरिएको छ। गर्भावस्थादेखि बच्चा २ वर्षको नहुञ्जेलसम्मको ‘सुनौला हजार दिन’ लाई सुरक्षित र पोषिलो बनाउने लक्ष्यका साथ गाउँपालिकाले यो अभियान सञ्चालन गरेको हो।

जनहितकारि सुचना

​कार्यक्रमको उद्देश्य र महत्वबारे बोल्दै गुठीचौर गाउँपालिकाका पोषण सहजकर्ता जगी धितालले भन्नुभयो, ​”गर्भावस्थाको समयमा आमाले पाउने पोषणले नै गर्भस्थ शिशुको शारीरिक तथा मानसिक विकासको आधार तय गर्छ। हामीले केवल अण्डा मात्र वितरण गरेका होइनौँ, यसको माध्यमबाट पोषणप्रति सचेतना जगाउने र खानपानमा सुधार ल्याउने प्रयास गरिरहेका छौँ। ८२ जना गर्भवती आमा र १२ जना किशोरीहरूलाई लक्षित गरी गरिएको यो वितरणले समुदायमा पोषणप्रतिको सोचमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो अपेक्षा छ।”

पोषण कार्यक्रम

​वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिको आयोजनामा सम्पन्न यस कार्यक्रमले किशोरी अवस्थादेखि नै पोषणको महत्वबारे जानकारी दिई आमा र बालबालिकालाई कुपोषणमुक्त बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।

​स्थानीय स्तरमै पोषणयुक्त आहारको महत्व बुझाउन र आमा तथा शिशुको स्वास्थ्यलाई प्राथमिकता दिन गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय