जुम्ला, जेठ ९ गते । नेपाली कांग्रेस गुठीचौर गाउँपालिकाले आफ्नो सांगठनिक जगलाई मजबुत बनाउने उद्देश्यका साथ ‘क्रियाशील सदस्यता अद्यावधिक अभियान’ औपचारिक रूपमा सुरु गरेको छ। गाउँपालिकाका सभापति टेकबहादुर भण्डारीले एक विशेष कार्यक्रमबीच उक्त कार्यको शुभारम्भ गर्दै पार्टीलाई थप सुदृढ र चलायमान बनाउन यो अभियान महत्त्वपूर्ण रहेको बताउनुभयो।
जनहितकारि सुचना



सभापति भण्डारीका अनुसार गाउँपालिकाभित्र हाल २६० जना क्रियाशील सदस्यहरू रहनुभएको छ। उहाँले गाउँपालिकाका पाँचवटै वडाका वडा सभापतिहरूलाई सक्रियताका साथ कार्यमा जुट्न र तोकिएको समयभित्र सम्पूर्ण सदस्यहरूको विवरण अद्यावधिक गरी पठाउन कडा निर्देशन दिनुभएको छ।
”हामी पार्टीलाई थप भरपर्दो र बलियो बनाउँदै अगाडि बढ्ने लक्ष्यमा छौं। त्यसैले यो अद्यावधिक कार्यलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ,” सभापति भण्डारीले भन्नुभयो।
कर्णाली प्रदेश जुम्ला जिल्ला ‘क’ का सभापति लक्ष्मण बोहराले “पार्टीको आधारभूत शक्ति नै क्रियाशील सदस्य हुन्। यो अभियानले संगठनमा नयाँ ऊर्जा भर्नेछ, त्यसैले सबै साथीहरू जिम्मेवार भएर लाग्नुहोला।”
नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति कार्मा बुढाले “पार्टीलाई गाउँ तहबाटै बलियो बनाउने यो अभियानमा सबैको हातेमालो आवश्यक छ। सदस्यता अद्यावधिक कार्यलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्छ।”
नेपाली कांग्रेसका नेपाली कांग्रेस जुम्ला जिल्ला प्रवक्तामेघराज गिरीले “कुनै पनि सक्रिय सदस्य आफ्नो अधिकारबाट वञ्चित नहोऊन् भन्ने कुरामा हामी सचेत छौं। समयसीमाभित्र विवरण भरिसक्न सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछु।”
सम्पूर्ण क्रियाशील सदस्यहरूका लागि सूचना
यस अभियानलाई सफल बनाउन गुठीचौर गाउँपालिकाका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आफ्नो वडा सभापतिसँग यथाशीघ्र सम्पर्क गरी अद्यावधिक फारम भर्न अनुरोध गरिएको छ।
अन्तिम मिति २०८३ जेठ १५ गतेभित्र विवरण छुटेमा वा अस्पष्टता भएमा आफ्नो वडा सभापतिसँग सम्पर्क राख्नुहुन अनुरोध छ। पार्टीलाई सुदृढ तुल्याउने यो अभियानमा सम्पूर्ण क्रियाशील सदस्यहरूको सक्रिय सहभागिता नै हाम्रो सफलता हो।





