रामप्रकाश विक जुम्ला, ६ जेठ ।  जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जिल्लाको गुठिचौर गाउँपालिका-३, गर्याङ्गकोट निवासी चन्द्रबहादुर बुढाका २४ वर्षीय छोरा सरचिन बुढालाई भालुले आक्रमण गरी घाइते बनाएको हो।

​घटना आज बिहान करिब ६:०० बजेको समयमा भएको हो। सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गलमा आफ्ना भेडा-बाख्रा चराइरहेको अवस्थामा एक्कासी जङ्गली भालुले आक्रमण गरेको थियो।

जनहितकारि सुचना

​घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झार्ज्वालामा फोनमार्फत खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक तारा बहादुर डागिको नेतृत्वमा ४ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

​प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते सरचिनको सकुशल उद्धार गरिएको छ। उद्धारपश्चात् उनलाई तत्काल गुठिचौर गाउँपालिकाको एम्बुलेन्स प्रयोग गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

​कानुनी प्रक्रिया र अनुसन्धान

हाल घटनास्थलमा प्रहरी चौकी झार्ज्वालाबाट १२ कि.मी. पूर्व-उत्तरमा पर्ने उक्त क्षेत्रमा प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीद्वारा घटनास्थलको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको छ।

​जङ्गली जनावरको आक्रमणबाट हुने यस्ता घटनाहरूमा कानुनतः पीडितले राहत तथा क्षतिपूर्तिका लागि दाबी गर्न सक्ने प्रावधान रहेको छ। यसका लागि सम्बन्धित प्रहरी कार्यालयबाट तयार पारिएको मुचुल्का र स्वास्थ्य संस्थाबाट प्राप्त उपचार प्रतिवेदन (Medical Report) महत्त्वपूर्ण आधार बन्नेछन्। सोही कागजातका आधारमा पीडित परिवारले डिभिजन वन कार्यालयमार्फत राहतका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय