राम प्रकाश बिक, जुम्ला, ६ जेठ । जुम्लाको गुठीचौर गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलन र वित्तीय अनुशासनमा सुधार गर्दै लगेको छ। गाउँपालिकाको राजस्व शाखाका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा पालिकाले कुल ७२ लाखभन्दा बढी आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको छ।

​राजस्व शाखा प्रमुख मृगेन्द्र हमालका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा पालिकाको राजस्वको दायरा फराकिलो हुनुका साथै वर्षौँदेखि बाँकी रहेको बेरुजू रकम असुलीमा समेत पालिकाले ठुलो सफलता हात पारेको छ।

जनहितकारि सुचना

​आर्थिक वर्ष २०८१/८२ मा गुठीचौर गाउँपालिकाले विभिन्न २२ वटा शीर्षकबाट कुल रु. ३२ लाख ८६ हजार १९० राजस्व संकलन गरेको थियो। उक्त वर्ष सबैभन्दा बढी ‘अन्य कर’ शीर्षकमा १४ लाख ८१ हजारभन्दा बढी र ‘भुमिकर तथा मालपोत’ मार्फत ६ लाख ५७ हजारभन्दा बढी रकम संकलन भएको राजस्व शाखाको तथ्याङ्कले देखाउँछ।

​आव २०८२/८३ मा राजस्व वृद्धि, बेरुजू असुलीमा उत्साहजनक सुधार

​चालु आर्थिक वर्ष २०८२/८३ (जेठ पहिलो सातासम्म) मा पालिकाले आफ्नो राजस्वलाई अझ सुदृढ बनाउँदै रु. ३९ लाख ८८ हजार ५६२ रुपैयाँ ४५ पैसा संकलन गरिसकेको छ। यो वर्ष पालिकाले करको दायरा बढाउँदै पर्यटन शुल्क र वहाल विटौरी कर समेत संकलन गर्न सुरु गरेको छ। यस वर्ष सबैभन्दा बढी ‘भुमिकर/मालपोत’ बाट ९ लाख २७ हजारभन्दा बढी संकलन भएको छ।

 

​विशेष गरी यस वर्ष पालिकाले वित्तीय अनुशासनलाई कडाइ गर्दै रु. १४ लाख ६३ हजार २२० बेरुजू रकम असुल (राजस्व दाखिला) गर्न सफल भएको छ, जसलाई पालिकाको प्रशासनिक सुधारको ठुलो उपलब्धिका रूपमा हेरिएको छ।

​दुई आर्थिक वर्षको शीर्षकगत राजस्व सङ्कलन 

जुम्लाको गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ र आर्थिक वर्ष २०८२/८३ को राजस्व सङ्कलन सम्बन्धी तुलनात्मक विवरण सार्वजनिक गरेको छ। राजस्व शाखा प्रमुख मृगेन्द्र हमालका अनुसार पालिकाले कर तथा गैर-कर राजस्वका विभिन्न शीर्षकहरूलाई व्यवस्थित गर्दै आन्तरिक आम्दानी बढाउने प्रयास गरिरहेको छ।

​कर राजस्व (Tax Revenue) तर्फको ​कर राजस्व शीर्षक अन्तर्गत ‘भुमिकर तथा मालपोत’ मा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ भने अन्य केही करहरू घटेका छन्।

​भुमिकर / मालपोतमा आव २०८१/८२ मा रु. ६,५७,३१२.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा वृद्धि भई रु. ९,२७,२१८.४५ पुगेको छ। ​अन्य करमा आव २०८१/८२ मा रु. १४,८१,५१०.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. ७,४७,४६६.०० सङ्कलन भयो। ​

 

वहाल करमा आव २०८१/८२ मा रु. २,५५,०५३.०० उठेकोमा आव २०८२/८३ मा रु. ५६,२२४.०० मात्र सङ्कलन भएको छ।

 

​कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक करमा आव २०८१/८२ मा रु. ३३,४५०.०० रहेकोमा आव २०८२/८३ मा रु. ३१,७५०.०० सङ्कलन भएको छ।

 

​व्यवसायले भुक्तानी गर्ने करमा आव २०८१/८२ मा रु. २८,६१०.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. १७,०६०.०० सङ्कलन भयो। ​वहाल विटौरी करमा आव २०८१/८२ मा विवरण नभए पनि आव २०८२/८३ मा रु. १२,०००.०० सङ्कलन सुरु भएको छ।

 

​अन्य करहरूमा आव २०८१/८२ मा सवारी साधन कर (साना सवारी) बाट रु. १५,४००.००, व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने करबाट रु. ७,६५०.०० र सम्पती करबाट रु. १००.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा यी शीर्षकमा रकम प्राप्त भएको देखिँदैन।

 

​गैर-कर राजस्व र दस्तुर (Non-Tax Revenue & Fees) तर्फ ​सिफारिश दस्तुर र प्रशासनिक सेवा शुल्क जस्ता शीर्षकहरू गैर-कर राजस्वका मुख्य स्रोत बनेका छन्।

​सिफारिश दस्तुरमा आव २०८१/८२ मा रु. ६,२७,०००.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. ३,४०,४१४.०० सङ्कलन भएको छ। ​अन्य प्रशासनिक सेवा शुल्कमा आव २०८१/८२ मा रु. ५८,०००.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा ठुलो वृद्धि भई रु. १,३६,०००.०० पुगेको छ।

 

​व्यक्तिगत घटना दर्ता दस्तुरमा दुवै वर्ष यो शीर्षकमा उत्साहजनक सङ्कलन छ। आव २०८१/८२ मा रु. १,०१,२५०.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. १,००,६५०.०० कायम भएको छ। ​पर्यटन शुल्कमा आव २०८२/८३ देखि नयाँ स्रोतका रूपमा रु. ७०,०००.०० सङ्कलन हुन थालेको छ।

 

​नक्सापास दस्तुरमा आव २०८१/८२ मा रु. ६,०००.०० मात्र सङ्कलन भएकोमा आव २०८२/८३ मा बढेर रु. ३६,०००.०० पुगेको छ। ​बीमा दावी प्राप्तिमा आव २०८१/८२ मा रु. १,०००.०० प्राप्त भएकोमा आव २०८२/८३ मा रु. ३०,०००.०० प्राप्त भएको छ।

 

​नाता प्रमाणित दस्तुरमा आव २०८१/८२ मा रु. ६५०.०० मात्र उठेकोमा आव २०८२/८३ मा वृद्धि भई रु. १८,६५०.०० पुगेको छ। अन्य दस्तुर र राजस्वमा ‘अन्य दस्तुर’ मा आव २०८१/८२ को रु. ११,४५०.०० बाट बढेर आव २०८२/८३ मा रु. २५,५५०.०० पुगेको छ भने ‘अन्य राजस्व’ तर्फ आव २०८१/८२ मा रु. ८८,०७५.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. २०,०००.०० सङ्कलन भएको छ।

 

​विविध शीर्षकहरूमा परीक्षा शुल्क तर्फ आव २०८१/८२ मा रु. ६,९००.०० सङ्कलन भएकोमा आव २०८२/८३ मा रु. १,२००.०० सङ्कलन भयो। अन्य बिक्रीबाट प्राप्त रकम आव २०८१/८२ मा शून्य रहे पनि आव २०८२/८३ मा रु. २,०००.०० सङ्कलन भएको छ।

 

​यसबाहेक, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अन्य निकायबाट प्राप्त लाभांश (रु. ३,०००), अन्य सेवा शुल्क तथा बिक्री (रु. १,०००), अन्य क्षेत्रको आय (रु. २,५००) र धरौटी सदरस्याहा (रु. ३००) सङ्कलन भएकोमा चालु आव २०८२/८३ मा यी शीर्षकमा कुनै रकम दाखिला नभएको राजस्व शाखाले जनाएको छ।

 

​गाउँपालिकाले राजस्वका स्रोतहरूलाई अझ पारदर्शी र प्रविधिमैत्री बनाउँदै आगामी दिनमा आन्तरिक आय बढाउने लक्ष्य राखेको छ।

 

आव २०८१/८२ को विवरण नभएको बेरुजू असुली १४ लाख ६३ हजार २२० रुपैयाँ असुली भएको पालिकाले जनाएको छ। आर्थिक वर्ष २०८१८२ मा राजस्व सङ्कलन ३२ लाख ८६ हजार १९० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आव २०८२/८३ को  कुल जम्मा रकम ३९  लाख ८८, हजार ५६२.४५ पैसा राजस्व सङ्कलन भएको जनाएको छ।

पालिकाले आगामी दिनहरूमा करका आन्तरिक स्रोतहरूको थप पहिचान गरी राजस्व वृद्धि गर्ने र स्थानीय नागरिकलाई बुझाएको करको सदुपयोग गर्दै गाउँपालिकाको विकास निर्माणमा खर्च गर्ने नीति लिएको राजस्व शाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय