Wednesday, November 4, 2026

​राम प्रकाश बि.क, जुम्ला । झापामा भएको गत मे १५ र १६ (जेठ १ र २ गते) झापामा भव्य रूपमा सम्पन्न भएको ‘नेसनल क्युलिनरी च्यालेन्ज फूड कम्पिटिसन’

 (National Culinary Challenge Food Competition) मा कर्णालीको जुम्ली स्वादले विशेष चर्चा कमाएको छ। जुम्लाका युवा सेफ तथा अनुसन्धानकर्ता चित्र बुद्धले जुम्लाको अर्गानिक एवं रैथाने खानालाई पूर्वको कोशी प्रदेशमा प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको मन जित्न सफल हुनुभएको हो।

​विश्वका ४५ भन्दा बढी देशका पाहुना, कूटनीतिज्ञ र पाक कला विज्ञहरूको उपस्थिति रहेको उक्त अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा जुम्लाको रैथाने परिकारले नेपालको आन्तरिक पर्यटन र खाद्य संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थपेको छ। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेबापत चित्र बुद्धलाई ‘प्रशंसा तथा सहभागिताको प्रमाणपत्र’ द्वारा सम्मानित समेत गरिएको छ।

 

​”जुम्ली रैथाने खानाले नेपालको पहिचान विश्वभर फैलाउन सक्छ” 

​कार्यक्रमका मुख्य निर्णायक एवं वरिष्ठ शेफ गोविन्द नरसिंह के.सी. ले जुम्लाको सहभागिता र प्रस्तुतिलाई उच्च प्रसंशा गर्नुभयो। हामीसँग कुराकानी गर्दै शेफ के.सी. ले भन्नुभयो, ​”नेसनल क्युलिनरी च्यालेन्जमा जुम्लाको रैथाने खानाको प्रस्तुति साँच्चिकै अद्भुत र लोभलाग्दो थियो। सेफ चित्र बुद्धको उत्साह, रचनात्मकता र पाक कलाप्रतिको प्रतिबद्धताले यो कार्यक्रमको गरिमा झनै बढाएको छ। हाम्रो मौलिक स्वाद र नवप्रवर्तन (Innovation) लाई यसरी अन्तर्राष्ट्रिय मञ्चमा ल्याउनु ग्यास्ट्रोनोमी (Gastronomy) क्षेत्रकै लागि गौरवको विषय हो।”

 

​त्यस्तै, इन्टरनेसनल सेफ सोसाइटी (INCS) का अध्यक्ष अरुण अधिकारीले जुम्ली किसान र त्यहाँको अर्गानिक उत्पादनको महत्त्वमाथि प्रकाश पार्नुभयो। अध्यक्ष अधिकारीले भन्नुभयो, ​”४५ वटा देशका पाहुनाहरू माझ जुम्लाको स्थानीय खाद्य संस्कृति पस्कनु सामान्य कुरा होइन। झापा र सम्पूर्ण कोशी प्रदेशमा भएको यो महाकुम्भमा जुम्लाको सहभागिताले देशका विभिन्न क्षेत्रका मौलिक परिकारहरूलाई एकापसमा जोड्ने काम गरेको छ। इन्टरनेसनल सेफ सोसाइटी नेपाल र सेफ सोसाइटी झापा यस्ता प्रतिभा र मौलिकतालाई सधैं प्रवर्द्धन गर्न प्रतिबद्ध छन्।”

​पर्यटन मन्त्रालयका प्रतिनिधि भिम पराजुलीले यस उपलब्धिलाई पर्यटन विकासको बलियो आधारका रूपमा व्याख्या गर्नुभयो। मन्त्रालयका तर्फबाट बोल्दै पराजुलीले भन्नुभयो,​ “पर्यटन मन्त्रालय नेपालको ‘फूड टुरिजम’ (खाद्य पर्यटन) लाई प्रवर्द्धन गर्न लागिपरेको छ। जुम्लाको सिमी, मार्सी चामल, कोदो, फापर र स्थानीय जडिबुटीयुक्त रैथाने खानाले विदेशी पाहुनाहरूलाई मन्त्रमुग्ध बनायो। देशको पर्यटन विकासमा र जुम्लालाई चिनाउन चित्र बुद्ध र उहाँको टोलीले खेलेको भूमिका सह्रानीय छ।”

 

गुठिचौर गाउँपालिका वडा नं. ३, गर्याङ्गकोट (जुम्ला) का चित्र बुढाले पूर्वको कोशी प्रदेशमा आयोजित अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा जुम्लाको रैथाने खानाको प्रदर्शनी गरी विश्वका ४५ देशका पाहुनाहरूलाई स्वाद चखाएर जुम्लाको नाम उच्च राख्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु।

​यो ऐतिहासिक अवसर जुटाउनुहुने नेपाली सेफ सोसाइटी, इन्टरनेसनल सेफ सोसाइटी, नेपाल सेफ सोसाइटी झापा र कोशी प्रदेशका सम्पूर्ण आयोजक टिमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

​यस कार्यमा सहभागी हुनका लागि निरन्तर प्रेरणा र सहयोग प्रदान गर्नुहुने कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख आदरणीय रामभक्त अधिकारी ज्यू, नमराज देवकोटा ज्यू, चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाका ऋषिराम ज्यू, विश्वराज खत्री पाण्डे ज्यू लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।

​तपाईंहरूले जुम्ली किसान र जुम्लाको कृषि क्षेत्रमा लगाउनुभएको यो गुन सदैव स्मरणीय रहनेछ। आगामी दिनमा देश-विदेशका विभिन्न सहरहरूमा हुने कार्यक्रमहरूमा जुम्लाको यो योगदानलाई अझै व्यापक रूपमा प्रस्तुत गर्दै लैजाने विश्वास दिलाउन चाहन्छु।