डोल्पा । हिमाली जिल्ला डोल्पाका विभिन्न यार्सापाटनमा अनुमति बिना लुकीछिपी प्रवेश गरी यार्सागुम्बा संकलन गर्न खोज्ने १५ जनालाई सुरक्षाकर्मी र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको छ।

​शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र तथा विभिन्न पाटनहरूमा गैरकानुनी रूपमा प्रवेश गरेका उनीहरूलाई नेपाली सेनाको श्री संग्राम शार्दुल गुल्म (तोइजुम पोष्ट) र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

जगदुल्ला गाउँपालिका–१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जनालाई टोलीले नियन्त्रणमा लिएको थियो।

संयुक्त गस्ती टोलीले शुक्रबार बिहान करिब ८ बजे जगदुल्ला गाउँपालिका–१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जनालाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेमा जगदुल्ला ३ थापा गाउँकी ४२ वर्षीय रमिला बिक, १३ वर्षीय सर्वन बिक र जुम्लाको गुठीचौर गाउँपालिका १ की ३८ वर्षीय कलौती कामी, ३६ वर्षीय रुपलाल बिक, १६ वर्षीय लाल प्रसाद बिक, २० वर्षीय प्रकाश विक, २० वर्षीय फुलमाया बिक, १५ वर्षीय निराजन बिक, १३ वर्षीय सुनिल बिक रहेका छन् । उनीहरुको साथबाट ९ वटा झोला, ८ वटा कुटी तथा १० वटा सलाइ बरामद गरिएको जनाइएको छ।

त्यसैगरी सोही दिन साँझ ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र फूलबारी पाटनमा अवैध रुपमा प्रवेश गरेका थप ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला १ हुरीकोटका १५ वर्षीय निशेष रावल, जुम्लाको पातारासी गाउँपालिका ५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहोरा, ४६ वर्षीय धर्म दत्त महतारा, र २६ वर्षीय वीर बहादुर बुढा रहेका छन् । उनीहरुको साथबाट ६ वटा झोला, ६ वटा कुटी र ६ वटा सलाइ बरामद गरिएको छ।

​पक्राउ परेका सबै १५ जनालाई आवश्यक कानुनी कारबाहीका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट दानबहादुर बुढासमक्ष बुझाइएको नेपाली सेनाले जनाएको छ।

“यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गते मात्र खुल्ला गरिने निर्णय भएको छ। आधिकारिक रूपमा पाटन खुल्नु अगावै अनुमति बिना कोर क्षेत्रमा प्रवेश गर्नु गैरकानुनी हो। चोरी-शिकारी रोक्न गस्ती र निगरानीलाई थप कडा पारिएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय