जाजरकोट । जाजरकोटको दल्लीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा यतिबेला कक्षा १२ को वार्षिक परीक्षा उत्साहजनक र मर्यादित रूपमा सञ्चालन भइरहेको छ। जिल्लाभर कायम गरिएका १८ वटा परीक्षा केन्द्रहरूमध्ये दल्ली केन्द्रले विद्यार्थीको सहजता र अनुशासनलाई विशेष प्राथमिकता दिएको पाइएको छ।

 

गुठीचौर गाउँपालिका ५ को सुचना

​केन्द्राध्यक्ष राजेन्द्र बहादुर सिंहका अनुसार यस केन्द्रमा दुई फरक विद्यालयका कुल १९० जना परीक्षार्थीहरूले परीक्षा दिइरहेका छन्। ​वीरेन्द्र हिमालय मा.वि. तल्नु१२४ जना र​भानुभक्त मा.वि. लहँका ६६ जना विद्यार्थीको सहभागिता रहेको छ।

​परीक्षालाई शान्त, व्यवस्थित र त्रुटिरहित बनाउन केन्द्राध्यक्ष सिंहको नेतृत्वमा ११ सदस्यीय टोली सक्रिय रूपमा खटिएको छ। टोलीमा सहायक केन्द्राध्यक्ष चेत बहादुर सिंहसहित रेशम चन्द, लक्ष्मण शाह, जय ब. खड्का, भुपेन्द्र प्रसाद गौतम, महेन्द्र परियार, द्वारिका सिंह, लक्ष्मण सिंह, बिमला नाथ र भुवन शाह निरीक्षकको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

​परीक्षाको वातावरण र तयारीबारे जानकारी दिँदै केन्द्राध्यक्ष सिंहले भन्नुभयो, “विद्यार्थीको भविष्यसँग जोडिएको यो परीक्षालाई पारदर्शी र शान्त वातावरणमा सम्पन्न गराउन हामी कटिबद्ध छौँ। कर्मचारीहरूको सक्रियता र स्थानीयको सहयोगले परीक्षा उत्कृष्ट ढङ्गले अगाडि बढिरहेको छ।”

​जाजरकोट जिल्लाभरि कक्षा १२ को परीक्षाका लागि १८ वटा केन्द्रहरू तोकिएका छन्। तीमध्ये दल्ली केन्द्रमा भइरहेको मर्यादित सञ्चालनले अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय