​जुम्ला, २३ वैशाख । जुम्लाका बालबालिकाहरूलाई सानै उमेरदेखि सामाजिक मुद्दामा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले सदरमुकाममा ‘बाल-सम्वाददाता तालिम’ सुरु भएको छ। सोसेक नेपालद्वारा सञ्चालित विहानी परियोजना अन्तर्गत यो तालिमको आयोजना गरिएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​चन्दननाथ नगरपालिका भित्रका विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत पाँच जना विद्यार्थीहरूलाई तालिममा सहभागी गराइएको छ। बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउने यसको मुख्य लक्ष्य रहेको छ।

​तालिमको आवश्यकता र महत्वबारे प्रष्ट पार्दै सोसेक नेपालका फिल्ड अफिसर सरस्वती भण्डारीले भन्नुभयो:

​”बालबालिकाले सानै उमेरदेखि कथा लेख्ने, समाजमा घटेका घटना तथा विद्यमान समस्याहरूलाई पहिचान गरी सरोकारवाला निकायसम्म पुर्‍याउन सकून् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।”

 

​तालिमको पहिलो दिन सहभागीहरूलाई पत्रकारिताका आधारभूत पक्षबारे जानकारी गराइएको छ:

​पत्रकार र पत्रकारिताको परिचय।

​सम्वाददाताको भूमिका र समाचारको परिभाषा।

​समाचारका प्रकार र समाचार सङ्कलनका स्रोतहरू।

​नयाँ कुरा सिक्न पाउँदा सहभागी बालबालिकाहरू निकै उत्साहित देखिएका छन्। ज्ञान कुञ्ज माध्यमिक विद्यालय (चन्दननाथ–९) मा अध्ययनरत छात्रा सुजाता गिरीले तालिमले नयाँ सिकाईको अवसर जुराएको भन्दै खुसी व्यक्त गर्नुभयो।

​तालिममा मुख्य प्रशिक्षकको भूमिकामा पत्रकार नेत्रबहादुर शाही रहनुभएको छ। तालिमकै क्रममा सोसेक नेपालको ‘विहानी परियोजना’ले समाजमा गरिरहेका विभिन्न सकारात्मक कार्यहरूको बारेमा पनि जानकारी गराइएको थियो।

​सोसेक नेपाल (विहानी परियोजना)को आयोजनामा चन्दनाथ नगरपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

राम प्रकाश बि.क

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय